Logo

२०८३, श्रावण २७गते


images
images

आजको राशिफल

आज श्रावण ४ गते सोमबार, श्री भोलेनाथको दर्शन गरी आजको राशिफल हेर्नुहोस 

आज श्रावण ४ गते सोमबार, श्री भोलेनाथको दर्शन गरी आजको राशिफल हेर्नुहोस 

images
  • सेतोमसी सहकर्मी
  • आज श्रावण ४ गते सोमबार, श्री भोलेनाथको दर्शन गरी आजको राशिफल हेर्नुहोस 
    images
    images

    ज्यो. पं युवराज अधिकारी । आज मिति २०७८ श्रावण ४ गते सोमबार । तदनुसार १९ जुलाई २०२१ । श्री भोलेनाथको दर्शन गरी आजको राशिफल हेर्नुहोस । 

    images
    images
    images

    आजको पंचाङ्ग
    वि.सं. साउन ०४, २०७८ । ई.सं. 19 Jul, 2021 । शक संवत् १९४३ । नेपाल संवत् ११४१ दिल्लाथ्व । दक्षिणायन । वर्षा । सोमवार । आषाढ शुक्लपक्ष ।  तिथि - दशमी , १९:१८ बजे उप्रान्त एकादशी । नक्षत्र - विशाखा , २०:४६ बजे उप्रान्त अनुराधा । योग - शुभ , २२:०२ बजे उप्रान्त शुक्ल । करण - तैतिल ८:३२ बजेदेखि गर , १९:१८ बजे उप्रान्त वालव । चन्द्रराशि - तुला । आनन्दादि योग - मित्र । दिनमान ३४।०३ । सूर्योदय ५:२१ । सूर्यास्त १८:५८ । मन्वादि । 

    images
    images
    images

    आजको राशिफल: 

    images
    images
    images

    मेष - (चु, चे, चो, ला, ली, लु, ले, लो, अ) 
    स्वास्थ्य सम्बन्धि समस्याले सताउनेछ । चोट पटकको सम्भावना रहेकोछ । यात्रामा सतर्क रहनुहोला । मन प्रसन्न रहने छैन । मनमा चिन्ता बढनेछ । वादविवाद हुन सक्नेछ सतर्क रहनुहोला । जिवजन्तुको भए रहनेछ । अध्ययन तथा वैतनिक मार्ग फलदायी रहनेछैन । आज नयाँ कामको थालनि नगरेकै राम्रो हुनेछ । 

    वृष - (ई, उ, ए, ओ, वा, वी, वु, वे, वो) 
    बाहनबाट सुख मिल्नेछ । मनमा धार्मिक भावना प्रवल रहेको छ । आर्थिक उन्नति तथा प्रगतिको योग रहेको छ । मान प्रतिष्ठा बढ्ने योग छ । मीष्ठान्न भोजन प्राप्त हुनेछ । परिवारबाट सहयोग मिल्नेछ । व्यवसायबाट प्रसस्त आमदानी हुने दिन रहेको छ । पढाइमा सफलता मिल्ने दनि रहेको छ । 

    मिथुन - (का, की, कु, घ, ङ, छ, के, को, हा)  
    शत्रु परास्त हुनेछन् । स्वास्थ्य राम्रो रहनेछ । आकस्मिक धनप्राप्तिको योग छ । यश प्राप्त हुनेछ । श्रीमती ÷ प्रेमीकाबाट राम्रो सहयोग प्राप्त हुनेछ । स्वास्थ्य राम्रो रहनेछ । शत्रु परास्त हुनेछन् । मनले चिताएको काम पुरा हुनेछ । अध्ययन तथा व्यवसायीक क्षेत्र फलदायी रहेका छन् । 

    कर्कट - (ही, हु, हे, हो, डा, डी, डु, डे, डो) 
    वायु विकारको योग वनेको छ । मेहनतसाथ गरेको काम सफल हुनेछैन । यात्रा अर्थपूर्ण नहोला । मन अशान्त रहनेछ । धन तथा सामान हराउन सक्नेछ सजगता अपनाउनु होला । व्यापार व्यवसायबाट त्यति आम्दानी हुने छैन । विद्यार्थीहरुका लागि आजको दिन त्यति फलदायी हुनेछैन । 

    सिंह - (मा, मी, मु, मे, मो, टा, टी, टु, टे)
    आफन्तहरुसंग झगडा हुनसक्छ व्यवहार गर्दा सजग रहनुहोला । काम विग्रने खालको समय छ । पेट तथा कोखा सम्बन्धी समस्या देखिन सक्नेछ । आज नयाँ कामको थालनि नगरेको राम्रो काम विग्रनेछ । मन अस्थिर रहनेछ । काममा सफलता मिल्ने छैन । अध्ययन तथा वैतनिक क्षेत्र अशुभ रहने छ । 

    कन्या - (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो) 
    आकस्मिक धनलाभ हुने योग छ । शत्रु पराजित हुनेछन । पढाइमा मन जानेछ । व्यवसाय राम्रो रहने छ । स्वास्थ्य राम्रो रहनेछ । शत्रु पराजित हुनेछन । प्रेममा सफल हुने योग छ । उपहार प्राप्त हुनेछ । आजको दिन सुखद् तथा प्रेमिलरुपमा व्यतित हुनेछ । विद्यार्थी भाइबहिनीहरुका लागि आजको दिन राम्रो रहेको छ । 

    तुला - (रा, री, रु, रे, रो, ता, ती, तु, ते) 
    पठनपाठनमा बाधा पुग्ने खालको दिन रहेको छ । मनमा असन्तोष बढनेछ । स्वास्थ्य सम्बन्धि समस्या देखिनेछ । अनावश्यक रुपमा धनक्षय हुनेछ । आज कटुवचनको प्रयोग नगर्नुहोला । अनावश्यक रुपमा विवाद उत्पन्न हुन सक्नेछ । आँखाको समस्याले सताउनेछ । खानपानमा ख्याल गर्नुहोला । 

    वृश्चिक - (तो, ना, नी, नू, ने, नो, या, यी, यू)  
    रोगबाट छुट्कारा मिल्नेछ । स्त्रीसुख प्राप्त हुनेछ । मिष्ठान्न भोजनका साथै ऐश्वर्य प्राप्तिको योग छ । सत्कार तथा मान सम्मान प्राप्त हुनेछ । पारिवारीक सुख प्राप्त हुनेछ । अन्नलाभ हुनेछ । विद्यार्थीहरुको अध्ययनको क्षेत्र राम्रो रहनेछ । व्यवसायवाट प्रसस्त आम्दानी होला । 

    धनु - (ये, यो, भा, भी, भू, धा, फा, ढा, भे) 
    काममा बाधाका साथै शारीरिक समस्याले मनमा चिन्ता उत्पन्न गराउनेछ । आफन्तहरुबाट असहयोग प्राप्त हुनेछ । अनावश्यक खर्चमा बृद्धि हुनेछ । अध्ययनमा मन जानेछैन । अनावश्यक यात्राहरु हुनेछन् । व्यवसायमा घाटा होला । 

    मकर - (भो, जा, जी, खी, खु, खे, खो, गा, गी)  
    कामहरु बन्दै जाने छन् । आफन्त तथा मित्र मिलनको योग छ । धन प्राप्त हुनेछ । व्यवसायबाट राम्रो फाइदाहुने दिन रहेको छ । मित्रहरुसंग मिलनको योग छ । मीठो भोजन तथा धन प्राप्त हुनेछ । व्यवसायबाट फाइदा हुने दिन छ । आफन्तबाट प्रसस्त मात्रमा सहयोग प्राप्त हुनेछ । अध्ययनको क्षेत्र सफल रहनेछ । 

    कुम्भ - (गू, गे, गो, सा, सी, सु, से, सो, दा) 
    आज शुभ समाचार सुन्न पाइनेछ । भगवान प्रति भक्ति बढनेछ । मनले चिताएको काममा सफलता मिल्ने योग छ । इष्ट सिद्धि हुनेछ । रोकिएका कामहरु पुरा हुनेछन् । तिव्रतापूर्वक काम गर्दा वेस हुनेछ । कर्मको फल प्राप्त हुनेछ । विद्यार्थी तथा व्यापारीहरुका लागि आजको दिन विशेष फलदायी रहनेछ । 

    मीन - (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)  
    रोजगारी तथा व्यवसायमा घाटाहुन सक्नेछ । सरकारी काममा झमेला हुनेछ । सन्तानसंग मतभेद हुनेछ । यात्राको अवसर प्राप्त हुनेछ । रोजगारी तथा व्यवसायबाट फाइदा हुनेछैन । पेटमा वायुविकार जन्य समस्या आउनेछ । खानपानमा विशेष सतर्कता अपनाउनु होला । 

    नोट : ज्योतिष परामर्शको लागि कालिकादेवी ज्योतिष परामर्श तथा अनुसन्धान केन्द्रमा सम्पर्क गर्नुहोस् । सम्पर्क :- ९८४३२०८४८२ / ९८६७३८८३०२ (प्रत्यक्ष परामर्शको लागि बिहान ६ बजे बाट ११ बजे सम्म । साथै अनलाइन तथा फोनबाट पनि स:शुल्क सेवा उपलब्ध रहेको छ ।)

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आजको राशिफल
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।