रमेश बहादुर सिंह, बझाङ । धनगढीबाट बझाङ जादै गरेको बस दुर्घटनाबाट बचेको छ।
ना ६ ख १९८३ नम्बरको कर्णाली रिभर यातायताको बस बझाङको सुबेडामा दुर्घटना हुनबाट बचेको हो ।
बसको अगाडीको पट्टा भाचिन गइ बस सडकबाट भीरतर्फ मोडिएको र बसका अन्य यन्त्रले सही तरिकाले काम गरेको हुनाले दुर्घटनाबाट बचेको प्रत्यक्षदर्शी बिसाल सिंहले बताए ।
सडक साँघुरो भएका कारण बसको एउटा पाङ्ग्रा लिक भन्दाबाहिर गएको
प्रहरी कार्यालय बझाङले जनाएको छ । चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको र थप विषय अनुसन्धानपछि खुल्ने प्रहरीको भनाइ छ ।
बसमा सामान्य क्षति पुगेको छ भने यात्रुहरु सकुसल रहेको बताइएको छ ।
बसमा १५ जना यात्रु रहेका थिए ।
अहिले जयपृथ्वी राजमार्गमा यातायात आवागमन रोकिएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology