Logo

२०८३, कार्तिक २७गते


images
images

चाडपर्व भत्ता बुझेर दसैं मान्न हिँडे गण्डकीका सांसद र स्वकीय सचिव

चाडपर्व भत्ता बुझेर दसैं मान्न हिँडे गण्डकीका सांसद र स्वकीय सचिव

images
  • चाडपर्व भत्ता बुझेर दसैं मान्न हिँडे गण्डकीका सांसद र स्वकीय सचिव
    images

    राजेश  पराजुली, पोखरा । चाडबाड भत्ता बुझेर गण्डकी प्रदेश सभाका सदस्य तथा तिनका स्वकीय सचिव दसैं मनाउन घर हिँडेका छन् । गण्डकी प्रदेश सभाका ५१ जना सांसद र उनका सचिवले वार्षिक रुपमा दिइने चाडवाड खर्च बुझेर दसैं मनाउन घरतिर लागेका हुन् ।

    images
    images
    images

    गण्डकी प्रदेश सभाले प्रत्येक वर्ष ६ महिना कार्यावधि पूरा भएका सबै सांसद र तिनका स्वकीय सचिवलाई एक महिनाको पारिश्रमिक बराबर सुविधा दिने गरेको छ । त्यही अनुसार ५१ जना सांसद र सोही नै संख्यामा स्वकीय सचिवले चाडवाड खर्च बुझेका हुन् ।

    images
    images
    images

    प्रदेश सभा सचिवालयका उपसचिव तथा सूचना अधिकारी प्रेम सुवेदीका अनुसार कार्यकारी पदमा रहेका र पदाधिकारीबाहेक सबैको पारिश्रमिक समान छ । अहिले प्रदेश सभा सदस्यको ५४ हजार २ सय पारिश्रमिक ऐनले तोकेको छ भने तिनका स्वकीय सचिवले नायब सुब्बासरहको पारिश्रमिक पाउने गरेका छन् ।

    images
    images

    सभामुख र उपसभामुखसहित सांसदहरुले २९ लाख ७ हजार र उनीहरुका स्वकीय सचिवलाई १७ लाख ३२ हजार रुपैयाँ बैंकमा दाखिला गरिएको सूचना अधिकारी सुवेदीले जानकारी दिए । सभामुखले ६३ हजार ४ सय ८० रुपैयाँ र उपसभामुख तथा विपक्षी दलका नेताले ६० हजार रुपैयाँ मासिक पारिश्रमिक पाउँछन् । दलको नेताको तलब ५९ हजार ५ रुपैयाँ ऐनले तोकेको छ ।

    सत्ता पक्षका दलका नेता, विपक्षी तथा दलका प्रमुख सचेतक, समितिका सभापतिको समान सुविधा छ । उनीहरुले ५८ हजार ८ सय ४० रुपैयाँ बुझ्छन् । दलको सचेतकको भने ५६ हजार ५ सय २० रुपैयाँ सुविधा तोकिएको छ ।

    मासिक सुविधाबाहेक पनि बैठक भत्ता, इन्टरनेट, पत्रपत्रिका, आवासलगायत सुविधा पनि पाउँछन् । यी सुविधाबाहेक पनि एक महिनाको पारिश्रमिक बराबर चाडवाड भत्ता दिइने सूचना अधिकारी सुवेदीले जानकारी दिए ।

    प्रदेश सभाका सदस्य, पदाधिकारीसँगै मुख्यमन्त्री र मन्त्रीहरुले पनि चाडवाड खर्च बुझेका छन् । ७२ हजार ७ सय ३० रुपैयाँ मुख्यमन्त्रीको र ६२ हजार ३ सय २० रुपैयाँ मन्त्रीहरुको मासिक सुविधा तोकिएको छ । उनीहरुको स्वकीय सचिवहरुलले पनि मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट सुविधा बुझेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # चाडपर्व भत्ता
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।