Logo

२०८३, कार्तिक २७गते


images
images

नेपालले पाउने ५० करोड रुपियाँ जलवायु संरक्षणमा मुस्ताङ पठाउने प्रधानमन्त्री प्रचण्डको घोषणा

नेपालले पाउने ५० करोड रुपियाँ जलवायु संरक्षणमा मुस्ताङ पठाउने प्रधानमन्त्री प्रचण्डको घोषणा

images
  • नेपालले पाउने ५० करोड रुपियाँ जलवायु संरक्षणमा मुस्ताङ पठाउने प्रधानमन्त्री प्रचण्डको घोषणा
    images

    मुस्ताङ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड’ले जलवायु परिवर्तन अनुकूलनका लागि विश्व समुदायबाट संकलित रकम मध्ये नेपाललाई प्राप्त हुने ५० करोड रुपियाँ मुस्ताङलाइ पठाउने घोषणा गरेका छन्। जलवायु परिवर्तन र उच्च तापमान वृद्धिका कारण देखिएका चुनौतीहरूबारे सरकार र जनताबीच संवाद कार्यक्रमलाई सम्बोधन गर्दै त्यस्तो घोषणा गरेका हुन्।

    images
    images
    images

    मुस्ताङमा जलवायु परिवर्तनबाट हुने क्षति न्यूनीकरणको लागि सरकार गम्भीर रहेको दाबी गर्दै प्रधानमन्त्री प्रचण्ड ले जलवायुसँग सम्बन्धित अन्तर्राष्ट्रिय संस्थाबाट प्राप्त हुने ५० करोड सहयोग मुस्ताङलाई दिने बताए । उनले भने, ‘यसबाट सरकारले मुस्ताङ जिल्लाको ऐतिहासिकता, भौगोलिक विशिष्टता, संस्कृति, परम्परा र उत्पादनप्रति सरकार निकै नै संवेदनशील छ भन्ने प्रमाणरूपमा राख्न चाहन्छु ।’

    images
    images
    images

    जलवायु परिवर्तन अहिले अन्तर्राष्ट्रिय चुनौती बनेको उनले बताए । संयुक्त राष्ट्रसंघको महासभामा पनि आफूले यसबारे गम्भीरतापूर्वक कुरा राखेर विश्वको ध्यानाकर्षण भएको प्रचण्डको भनाइ छ । हिमाल र हिमाली क्षेत्रमा भएको जलवायु परिवर्तनको क्षतिबारे विश्व समुदायले ध्यान नदिएर ग्लोबल फण्ड केन्द्रित नगरे ठूलो मानवीय र प्राकृतिक आपत्‌को स्थिति विश्वले नै सामना गर्नुपर्ने उनले बताए ।

    images
    images

    प्रधानमन्त्री प्रचण्डले जलवायु परिवर्तनको असर रोक्नको लागि कोषको स्थापना गरेर अन्तर्राष्ट्रिय समुदायमा पनि अपील गर्ने बताए ।

    गत साउन २८ गते मुस्ताङको कागबेनीमा बाढीका कारण ठुलो क्षति भएको छ । मुस्ताङ सबैभन्दा कम पानी पर्ने क्षेत्र पनि हो । तर पछिल्ला वर्षहरूमा जलवायु परिवर्तनको असरका कारण वर्षात हुन थालेको छ । एक अध्ययन अनुसार मुस्ताङ जिल्ला नेपालमै सबैभन्दा बढी तापक्रम बढेको जिल्ला पनि हो । अन्य क्षेत्रमा वर्षेनी ०.०१ प्रतिशत तापक्रम बढ्छ भने मुस्ताङमा ०.१ प्रतिशत तापक्रम वृद्धि भएको उक्त अध्ययनले देखाएको छ । यसको अर्थ अन्य क्षेत्रमा भन्दा १० गुणा बढी तापक्रम मुस्ताङमा बढेको छ ।

    पछिल्ला समय नेपालको हिमाली क्षेत्रमा तापक्रम अत्यधिक बढेको छ । हिउँ पग्लिने र त्यसबाट बाढी आएर धनजनको क्षति हुन थालेको छ । २०७८ सालमा मनाङमा आएको बाढीलाई पनि जलवायु परिवर्तनसँग जोडेर हेरिएको छ । हिमाली क्षेत्रका नागरिकहरूले वर्षाबाट जोगिन छाना फेर्न थालेका छन् । केही वर्ष अघिसम्म माटोकै घर र माटोकै छत भएका यहाँका घरहरूमा अहिले जस्तापाता र कंक्रिट देखिन्छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # जलवायु संरक्षण
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।