देवदह । रुपन्देही देवदह ८ मा रहेको ज्ञानज्योती माध्यमिक विद्यालयमा दशैं विशेष शुभकामना कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा बोल्दै विद्यालयको प्रधानाध्यापक बिन्दु श्रेष्ठले विभिन्न जातजाति भेषभुषा रहेको देशमा चाडपर्वहरुले एकताको सन्देश दिने गरेको र देशमा मनाइने विभिन्न चाडपर्वहरु हाम्रो देशको चिनारी रहेको बताईन।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रेशम बहादुर पुनको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न समितिका पदाधिकारी शिक्षा विद्यार्थी एवं अभिभावक लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा बालकक्षादेखि कक्षा १० सम्मका सम्पूर्ण विद्यार्थीहरुलाई टिका लगाई दशैंको शुभकामना दिइएको थियो।
कार्यक्रमको संचालन विद्यालयका शिक्षक विष्णु पाण्डेले गरेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology