काठमाडौं । राष्ट्र बैंकले हरेक वर्ष दशैँ–तिहार लक्षित नयाँ नोट सटही सुविधा दिने गरेको छ । विगतका वर्ष हरुमा जस्तै यो वर्ष पनि राष्ट्र बैंकले आज देखि आगामी शुक्रवारसम्म नयाँ नोट सटही सुविधा हुने नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नरेशमान शाक्यले बताए ।
उनले नयाँ नोट सटही गर्दा प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँसम्म मात्रै पाउने बताए । उनले काठमाडौं उपत्यकाभित्रको हकमा राष्ट्रिय वाणिज्य बैंक र वाणिज्य बैंकहरुले तोकको शाखाबाट नयाँ नोट सटही गर्न सकिने बताए । उनले काठमाडौँ उपत्यका बाहिरको हकमा राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय वा वाणिज्य बैंकका शाखा कार्यालयमा गई नोट साट्न सकिने बताए ।
उनले सर्वसाधरणहरुलाई राष्ट्र बैंकले दिएका नयाँ नोट सुरक्षित रुपमा प्रयोग गर्न आग्रह गरे। उनले नयाँ नोटमा टिका लाग्ने मैलो,कालो लाग्ने च्यात्ने काम गर्न आह्वान गरे । उनले नोटलाई सुरक्षित साथ प्रयोग गरियो भने नोटको आयु लामो हुने बताए । उनले सर्वसाधरणहरुले नोटलाई सुरक्षित रुपमा प्रयोग गरे राज्यले छिटो छिटो नोट छाप्नुपर्ने बाध्यता कम हुने बताए । उनले नोट सुरक्षित रुपमा प्रयोग गर्दा राज्यको करोडौं रुपैयाँ वचत हुने बताए । उनले हसर्वसाधरणले सकेसम्म क्युआर कोड लगायत विद्युतीय कारोबार प्रणाली प्रयोग गर्न आवश्यक रहेको बताए । उनले आगामी दिनमा डिजिटल करेन्सी जस्तै अन्य उपायहरुमार्फत नोटको चलनचल्ती कम गर्न राष्ट्र बैंकको तयारी रहेको बताए ।
त्यस्तै, नयाँ नोट सटही सुविधा शुरु गरेसँगै मानिसहरु लाइनमा बसेर नयाँ नोट सटही गर्न राष्ट्र बैंकमा पुगेर नयाँ नोट सटही गरेका छन् । नयाँ नोट सटही गर्न पुगेका खिलराज अधिकारीले राष्ट्र बैंकले लाइनमा सहज रुपमा नयाँ नोट सटही सुविधा रहेको बताए । उनले धेरै लाइन समेत बस्न नपर्ने भएकाले सहज रुपमा प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँ पाउने भएकाले आफूले १८ हजार ५०० लिएको बताए । त्यस्तै,सलाम सिंह तामाङले पनि विगतको भन्दा नयाँ नोट सटही ज्येष्ठ नागरिकको लागी छुट्टै रुपमा व्यवस्थित गरेकाले सहज भएको बताए । उनले नयाँ प्रविधि अनुसार पैसा बोकेर नपाए पनि क्युआरमार्फत पनि पैसा साट्न सक्ने व्यवस्थाले अझ सहज बनाएको बताए । नयाँ नोट सटही गर्न पुगेको अर्को सर्वसाधरण ढकबहादुर बुढाथोकीले नयाँ नोटको गाउँघरमा महत्व हुने भएकाले सटही गरेर लैजान राष्ट्र बैंक आएको बताए ।
विगतका वर्षहरुमा भन्दा यस वर्ष राष्ट्र बैंकले वाणिज्य बैंकहरुको सिमित शाखाहरुबाट मात्रै नोट बाँड्ने व्यवस्था मिलाएको छ । केही बैंकहरुले नोट सटही गर्ने शाखाहरुको सूचि समेत निकालेका छन् । सटही गर्दा पाँचको एक प्याकेट, १० को, २० को, ५० को र सय रुपैयाँ दरको एक प्याकेट उपलब्ध गराउनेछ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology