Logo

२०८३, श्रावण २७गते


images
images

शुभलक्ष्मी सहकारीको १० औँ साधारणसभा सम्पन्न

शुभलक्ष्मी सहकारीको १० औँ साधारणसभा सम्पन्न

images
  • शुभलक्ष्मी सहकारीको १० औँ साधारणसभा सम्पन्न
    images
    images

    राहुल देव सापकोटा, देवदह । रूपन्देहीको देवदह नगरपालिका वडा नं ६ मा रहेको शुभलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको १० औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

    images
    images
    images

     कार्यक्रममा बोल्दै रूपन्देही जिल्ला बचत संघका महासचिव दामोदर पङ्गेनीले सहकारीमा फैलँदै गएको विकृतिलाई हटाउनका लागि सेयर सदस्यले सहकारी सम्बन्धी ज्ञान लिन आवश्यक रहेको बताए । उनले सहकारीका सेयर सदस्य र सहकारीका पदाधिकारी बिच सुमधुर सम्बन्ध हुनुपर्ने बताउँदै सहकारीका सञ्चालक समितिले सहकारीलाई पारदर्शी ढङ्गबाट अगाडि बढाउन हिसाब किताब चुस्त दुरुस्त राख्नुपर्ने बताए ।

    images
    images
    images

     कार्यक्रममा बोल्दै देवदह नगरपालिकाका पूर्व नगर प्रमुख हिरा बहादुर खत्रीले अहिलेको वर्तमान परिवेशमा सहकारी र वितिय शिक्षा प्रत्येक व्यक्तिमा हुनुपर्ने बताउँदै शुभलक्ष्मी सहकारीमा हालको सदस्य संख्या ९०० रहेको सो सङ्ख्यालाई बढाएर लैजान आफूले सबैखाले सहयोग गर्ने बताए । उनले सहकारीनै आजको आवश्यकता रहेको भन्दै देवदहका मात्र सदस्य रहेको शुभलक्ष्मी सहकारीले आफ्नो कार्यक्षेत्रलाई अझ फराकिलो बनाउन आग्रह गरेका छन । 

    images
    images
    images

    कार्यक्रममा संस्थामा आबद्ध ज्येष्ठ नागरिकलाई सम्मान गरिएको थियो । कार्यक्रममा संस्थाका सल्लाहकार एवम् समाजसेवी वासुदेव रिमाल, माया सापकोटा लगायतले आफ्नो मन्तव्य राखेका थिए। कार्यक्रम संस्थाका कार्यबहाक अध्यक्ष विश्वेश्वर आचार्यको अध्यक्षता र सचिव नेत्र रिजालको सञ्चालनमा सम्पन्न भएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।