Logo

२०८३, कार्तिक २७गते


images
images

ढुंगा, गिट्टी, बालुवाको निकासी नखोल्न पूर्व राष्ट्रपतिद्वारा राष्ट्रपतिसमक्ष आग्रह

ढुंगा, गिट्टी, बालुवाको निकासी नखोल्न पूर्व राष्ट्रपतिद्वारा राष्ट्रपतिसमक्ष आग्रह

images
  • ढुंगा, गिट्टी, बालुवाको निकासी नखोल्न पूर्व राष्ट्रपतिद्वारा राष्ट्रपतिसमक्ष आग्रह
    images

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग पूर्व राष्ट्रपति डा. रामवरण यादवले अहिले बन्द गरिएको गिट्टी, ढुंगा, बालुवा उत्खनन गरी निकासी खुला गर्ने सम्बन्धी सरकारले हालै स्वीकृत गरेको विधेयकमा रहेका निकासीसम्बन्धी प्रावधानलाई हटाउने विषयमा ध्यानाकर्षण गराएका छन् । 

    images
    images
    images

    पूर्व राष्ट्रपति डा यादवले चुरे, जैविक विविधता, वन एवं कृषि विज्ञहरुसहित राष्ट्रपति भवन शीतल निवासमा बिहीबार राष्ट्रपति पौडेललाई भेटेर सो ध्यानाकर्षण गराएका हुन् । 

    images
    images
    images

    राष्ट्रपति पौडेलले पूर्व राष्ट्रपति डा यादवसहित विज्ञहरुले गरेको ध्यानाकर्षणप्रति आफू गम्भीर रहेको बताएको राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । पोखरेलकाअनुसार राष्ट्रपति पौडेलले चुरे संरक्षण र देशको अन्नभण्डार रहेको तराई मधेसको जैविक विविधता संरक्षणमा आफू सचेत रहेको पनि डा. यादवलगायतका विज्ञलाई बताएका थिए । 

    images
    images

    मन्त्रिपरिषद्को असोज १६ गतेको बैठकले निर्माण सामग्रीको व्यवस्थापन तथा नियमन सम्बन्धी विधेयक स्वीकृत गरी संसदमा पेश गर्ने निर्णय गरेको थियो । सो विधेयकमा हाल बन्द भएको गिट्टी, ढुंगा, वालुवा उत्खनन गरी निकासी गर्ने बारेमा उल्लेख भएको पनि डा यादवले जानकारी दिए । 

    पूर्व राष्ट्रपति डा यादवले सो विधेयक संसदबाट जस्ताको त्यस्तै पारित भयो भने राष्ट्रको अस्तित्वमाथि नै खतरा आइपर्ने चिन्ता प्रकट गर्दै आफ्नो पनि राष्ट्रिय कर्तव्य भएकाले विज्ञहरुसहित राष्ट्रपति समक्ष आग्रह गर्न आउनुपरेको बताए । 

    “राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति नामको यो परियोजना राष्ट्रपतिको नाममा जोडिएको र म पनि यसमा संलग्न भैसकेको हुनाले राज्यले यसलाई बेवास्ता गरिरहँदा त्यसमा राष्ट्रपतिको ध्यानाकर्षण  गराउनु आफ्नो पनि कर्तव्य हो भनेर भेट्न आएको हुँ”, डा यादवले भने, “अन्नको भण्डार नष्ट भइरहेको छ, अबपनि चुरे दोहन नरोक्ने हो भने गम्भीर अवस्था सृजना हुन सक्छ । ”

    सो अवसरमा पूर्व राष्ट्रपति डा यादवसँग चुरे विज्ञ डा विजयकुमार सिंह दनुवार, वनस्पति विज्ञ डा तीर्थबहादुर श्रेष्ठ, जैविक विविधता विज्ञ डा रामप्रसाद  चौधरी, वन तथा चुरे विज्ञ डा विनोद भट्ट, डा नागेन्द्र यादव, कृषि विज्ञ डा कृष्ण पौडेल सहभागी थिए । जैविक विविधतासम्बन्धी ६ जना विज्ञहरूले बन्द गरिएको गिट्टी, ढुंगा, बालुवा उत्खनन गरी निकासी खुला गर्ने सम्बन्धी सरकारले हालै स्वीकृत गरेको विधेयकमा रहेका निकासीसम्बन्धी प्रावधानलाई हटाउन लिखित आग्रह गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।