देवदह । बुद्द सामुदायिक बनद्वारा आयोजित अन्तर वडा स्तरीय भलिबल प्रतियोगिताको उपाधी देवदह ५ ले हात पारेको छ ।
देवदह वडा नम्बर - ६ लाई २५-२०, २०-२५, २१-२५, २५-१८ र १५-११ को सेटमा पराजित गर्दै वडा नम्बर -५ ले उपाधी हात पारेको हो ।
उपाधी हात पारेसङ्गै वडा नम्बर -५ ले नगद ३५ हजार शिल्ड, मेडल र ट्रफी हात पारेको छ । त्यसैगरी उपविजेता भएको वडा नम्बर -६ ले नगद २५ हजार शिल्ड, मेडल र ट्रफी हात पारेको छ ।
प्रतियोगितामा तृतीय स्थान हासिल गरेको चरङ्गे युवा क्लब वडा नम्बर -१० ले नगद १५ हजार र सान्त्वना भएको सरनबारी भलिबल क्लबले नगद ५ हजार प्राप्त गरेको छ ।
सर्वोकृष्ट खेलाडि वडा ६ का आशिष गुरुङ भएका छन् भने उत्कृष्ट स्पाइकर वडा नम्बर ५ अशोक सुनारले हात पारेका छन्।
उत्कृष्ट ब्लकर वडा १० का मोहन सिंजाली र उत्कृष्ट लिब्रोमा वडा नम्बर ५ का सागर आले बन्न सफल भएका छन्।
समापन सत्रमा बोल्दै गाउँ वन समन्वय संजाल रुपन्देहीका अध्यक्ष एवं वडा नम्बर ६ वडा सदस्य खेम नारायण अधिकारीले खेलकुदको माध्यमबाट खेलाडीले राष्ट्रको नाम रोशन गर्ने बताए ।
बुद्द सामुदायिक वनको आयोजनामा पहिलोपटक आयोजना भएको वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको मुख्य उद्देश्य स्थानीय खेलाडीको खेल स्तरलाई राष्ट्रिय स्तरमा विकास गरि स्थानीय खेलाडीलाई प्रतिभा प्रस्फुटन गर्न अवसर प्रदान गर्ने रहेको अध्यक्ष टेक बहादुर रानाले बताए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology