Logo

२०८३, कार्तिक २७गते


images
images

गण्डकी संसदीय समितिका सभापतिले लिए शपथ

गण्डकी संसदीय समितिका सभापतिले लिए शपथ

images
  • गण्डकी संसदीय समितिका सभापतिले लिए शपथ
    images

    राजेश पराजुली, पोखरा । पोखरा गण्डकीका संसदीय समितिका सभापतिहरूले शपथ लिएका छन् । ४ दलले भागबन्डा गरेर कांग्रेसले २, एमाले र माओवादीले एक एक समिति सभापति लिएका थिए ।

    images
    images
    images

    शनिबार भएको मनोनयनमा एक र एक जनाको मात्र उम्मेदवारी परेपछि उनीहरू निर्विरोध निर्वाचित भएको घोषणा गरी सभामुख कृष्ण धितालले शपथ खुवाएका हुन् ।

    images
    images
    images

    अर्थ तथा विकास समिति सभापति कांग्रेसका भोजप्रसाद अर्यालले पाएका छन् । कांग्रेसबाटै पूर्वराज्यमन्त्री तथा प्रतिनिधि सभा हुँदै प्रदेश सांसद बनेकी बागलुङकी चम्पादेवी खड्काले प्रदेश मामिला तथा कानुन समितिको सभापति पाएकी छन् । सार्वजनिक लेखा समिति प्रतिपक्षले पाउने संसदीय अभ्यास अनुसार एमाले सांसद स्याङ्जाका सुधीरकुमार पौडेल निर्वाचित भएका छन् ।

    images
    images

    विद्यार्थी राजनीतिबाट आँधिखोला गाउँपालिका अध्यक्ष हुँदै प्रदेश सांसद बनेका सुधीर एमालेमा हक्की नेता मानिन्छन् ।

    सामाजिक विकास तथा कृषि समितिको सभापति माओवादीले पाएको कोटामा नेपाल समाजवादीका फणिन्द्र देवकोटा चयन भएका छन् । बाबुराम भट्टराई नेतृत्वको पार्टीबाट उनी माओवादीको चुनाव चिह्न लिएर चुनाव जितेका हुन् ।

    संसद सुरु भएको ९ महिनापछि गण्डकी प्रदेश सभाका विषयगत समितिले सभापति पाएका हुन् । गत साउन ३० गते समिति गठन भएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।