असोज । रुपन्देहीको देवदहमा स्थानीय शिक्षा नीति र कार्यक्रम कार्यान्वयन सम्वन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । सोईया महिला स्वालम्वी संस्थाको आयोजनामा उक्त कार्यक्रम भएको हो ।
सोईया महिला स्वालम्वी संस्थाका अध्यक्ष केशमाया थापाको अध्यक्षता र देवदह नगरपालिका सामाजिक विकास समितिका संयोजक एवं वडा नम्वर ८, का वडाअध्यक्ष हरिप्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै वडाअध्यक्ष पाण्डेले गुणस्तर शिक्षाले मात्र देशको विकास हुने हुदा शिक्षाको विकासलाई प्राथमिकता दिनु पर्नेमा जोड दिएका छन । उनले सामुदायिक विद्यालयले परिणाम आउने गरी शिक्षाको विकासम लाग्नु पर्नेमा जोड दिए। उनले सामुदायिक विद्यालयको शिक्षालाई सुधार गर्न विद्यालय व्यवस्थापन समिति, विद्यालयका शिक्षकहरु लाग्नु पर्ने बताए ।
कार्यक्रमको सहकजीकरण गर्दै देवदह नगरपालिका शिक्षा शाखा अधिकृत पर्शुराम ढकालले संघीय शिक्षा ऐन आउन ढिला भएका कारण स्थानीय शिक्षा कार्यविधि बनाउन नसकेको बताए । उनले संघीय शिक्षा ऐनको अवधारणा अनुसार स्थानीय कार्यविधि बनाउनु पर्ने बताए ।
कार्यक्रममा नगर शिक्षा अधिकारी टिकाराम शर्मा, नारायण भण्डारीले सहजीकरण गरेका थिए ।
सोईया महिला स्वालम्वी संस्थाले देवदह क्षेत्रका ६ वटा सामुदायिक विद्यालयमा शिक्षाका कार्यक्रम संचालन गरेको छ । कार्यक्रममा सोईया महिला स्वालम्वी संस्थाका व्यवस्थापक मेनुका न्यौपाने लगायतले आफ्ना भनाइ राखेका थिए ।
नारायण भण्डारीको संचालनमा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, विद्यालय प्रधानाध्यापक, शिक्षक अभिभावक संघका अध्यक्षहरुको सहागिता रहेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology