देवदह । रुपन्देहीको देवदहमा रहेको कोलिय देवदह बचत तथा ऋण सहकारी संस्थाको १८ औं बार्षिक साधारण सभाको मूल कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै देवदह नगरपालिकाका प्रमुख धुव्रप्रसाद खरेलले सहकारीबाट लिएको ऋणलाई उत्पादन बृद्धिमा लगानी गर्नुपर्ने बताएका छन । कोलिय देवदह बचत तथा ऋण सहकारी संस्थाको १८ औं बार्षिक साधारण सभाको मूल कार्यक्रममा बोल्दै उनले उक्त कुरा बताएका हुन । नगर प्रमुख खरेलले ऋणलाई सही सदुपयोग गर्न सकेमात्र आर्थिक विकास गर्न सकिनेमा जोड दिएका छन । उनले सहकारीको माध्यमबाट आर्थिक विकास गरी देशलाई समृद्धिको बाटोमा लैजान सकिने बताए । उनले पछिल्लो समय वित्तिय क्षेत्रमा अराजकता बढेकोले सहकारीका संचालकहरु सचेत हुनु पर्नेमा जोड दिए । उनले आमनागरिकको आर्थिक विकासका लागि सहकारी संग सहकार्य गरेर अगाडि बढ्न नगरपालिका तयार रहेको बताएका छन ।
सोही अवसरमा बोल्दै नेफस्कुनका पुर्व कोषाध्यक्ष केशवप्रसाद पोखरेलले सहकारी सवल हुन एक्यवद्धता आवश्यक रहेको बताए । उनले सहकारीहरुले सहकारी ऐन र कानुन पालना गर्न आवश्यक रहेको बताउदै ऋणलाई उत्पादन संग जोड्नु पर्नेमा जोड दिएका छन । उनले शेयर सदस्यहरुले नियमित मासिक बचत भविश्यको साहारा भएकोले नियमित बचत गर्नुपर्नेमा जोड दिएका छन । सहकारी विज्ञ पोखरेलले सहकारी नाफा मुखी नभई शेयर सदस्यहरुको जिवनस्तर सुधार्न लाग्नु पर्ने बताए । उनले पछिल्लो समय सहकारी ऐन, कानुन र सिद्धान्त अनुसार नचल्दा धेर सहकारीहरु संकटमा परेको बताए । उनले सहकारीहरु आफना शेयर सदस्यहरुको आर्थिक अवस्था सुधार्न लाग्नु पर्ने बताउदै देशमा १६ वटा भन्दा बढि सहकारीमा समस्या आएको बताएका छन ।
कार्यक्रममा अध्यक्ष सुवकान्त न्यौपानेले बार्षिक प्रतिवेदन, सचिव कृष्णराज पौडेलले सचिवको प्रतिवेदन, कोषाध्यक्ष प्रजापति सापकोटाले आर्थिक प्रतिवेदन र लेखा संयोजक हरिप्रसाद ढुंगानाले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सोही अवसरमा निर्वाचन मण्डलका संयोजक कृष्णप्रसाद पौडेलले कोलिय देवदह बचत तथा ऋण सहकारी संस्थाको नव निर्वाचित संचालक समिति घोषणा गरेका थिए । कोलिय देवदह सकोसको नया संचालक समितिको अध्यक्षमा ऋषिराम सापकोटा, उपाध्यक्षमा रमा न्यौपाने, सचिवमा कृष्णराज पोडेल, कोषाध्यक्षमा हरि भण्डारी निर्वाचित भएको निर्वाचन मण्डलका संयोजक पौडेलले जानकारी दिएका छन ।
यसैगरी संचालक समितिको सदस्यहरुमा पर्शुराम उपाध्याय, लक्ष्मी सिग्देल, धनप्रसाद भूषाल, विन्दु शर्मा, सम्झना दुवे, ताराप्रसाद खरेल, वावुराम अर्याल, खैराज शर्मा, पिताम्वर खराल, पार्वती न्यौपाने निर्वाचित भएको छ । त्यसैगरी लेखा समितिको संयोजकमा हरिप्रसाद ढुंगाना, सदस्यहरुमा कोषबहादुर गुरुङ्ग, लक्ष्मी गैरे रहेका छन ।
संस्थाका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको स्वागत र सचिव कृष्णराज पौडेल, व्यवस्थापक विनोद पराजुलीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology