Logo

२०८३, श्रावण २७गते


images
images

समृद्ध समुदाय विकास केन्द्रको २० औं साधारण सभा सम्पन्न

समृद्ध समुदाय विकास केन्द्रको २० औं साधारण सभा सम्पन्न

images
  • समृद्ध समुदाय विकास केन्द्रको २० औं साधारण सभा सम्पन्न
    images
    images

     देवदह । रुपन्देहीको देवदहमा समृद्ध समुदाय विकास केन्द्र देवदह २० औँ साधारण सभा सम्पन्न भएको छ। नयाँ कार्यसमिति सहित संस्थाले आफ्नो साधारण सभा देवदहको पाठक फुडल्यान्डमा सम्पन्न गरेको हो ।

    images
    images
    images

     कार्यक्रममा बोल्दै देवदह नगरपालिकाका पूर्व नगरप्रमुख हिरा बहादुर खत्रीले परिवर्तन अरुबाट सम्भव नभएको र सकारात्मक परिवर्तन आफूबाटनै सम्भव भएको बताउँदै सबै युवाहरूलाई सकारात्मक बाटोमा लाग्न आग्रह गरेको छन्। आजको युवाले सकारात्मक सम्बादको थालनी गर्नु पर्ने बताउँदै उनले युवाहरूलाई आयआर्जनमुखी काममा जोडिन आग्रह गरेका छन् ।

    images
    images
    images

     कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव जयप्रकाश भट्टराईले युवाहरूमा दिन प्रतिदिन निराशा छाइरहेको र देशमा बस्ने मनोभाव हराउँदै गएकाले सबै युवाहरूलाई उद्दममा जोडिन आग्रह गरेका छन्। उनले सबै युवाहरूलाई देशमै केही गर्ने हिम्मतका साथ अगाडि बढ्न आग्रह गरेका छन्।

    images
    images
    images

     बिहानी सत्रको कार्यक्रममा युवाहरूले आफूले संस्थाबाट सिकेका जानेका कुरालाई आत्मसाथ गर्दै बिभिन्न क्षेत्रमा रोजगारको रुपमा काम गरिरहेको अनुभवहरू आदानप्रदान गरेका थिए। 

    कार्यक्रममा संस्थाका अध्यक्ष ठाकुर घिमिरेले आर्थिक वर्ष २०७९/८० अध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए। कार्यक्रममा दीपक न्यौपाने, यज्ञ अर्याल लगायतले आफ्नो मन्तव्य राखेका थिए। कार्यक्रम पास परियोजनाका संयोजक युवराज चापागाईँको सञ्चालनमा सम्पन्न भएको थियो।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # शिक्षा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।