देवदह । रुपन्देहीको देवदहमा वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । देवदह ५,६ मा रहेको बुद्द सामुदायिक वन तथा उपभोक्ता समूहले आयोजना गरेको वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता शुक्रबारदेखी सुरु भएको हो ।
गौतम बुद्द राष्ट्रिय उद्यनामा संचालन गर्न लागिएको प्रतियोगिताको उद्घाटन गर्दै देवदह नगरपालिकाका नगर प्रमुख विद्या लक्ष्मी गुरुङले खेलको माध्यमबाट युवाहरुको प्रतिभा प्रस्फुटन र उजागर गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको बताइन । देवदहमा रहेको सामुदायिक वनहरुको सुखी र समृद्ध देवदह बनाउने अभियानमा महत्त्वपूर्ण भूमिका रहेको भन्दै खेलकुद लगायतका अतिरिक्त क्रियाकलापले संस्थाका गतिविधि गतिशील बनाइराख्न सहयोग पुग्ने बताइन । देवदह नगरपालिकाले पनि खेलको माध्यमबाट युवाहरूलाई प्रोत्साहन गर्नका निमित्त योजना बनाएको उनको भनाइ थियो ।
बुद्द सामुदायिक वनमा पहिलोपटक आयोजना भएको वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको मुख्य उद्देश्य स्थानीय खेलाडीको खेल स्तरलाई राष्ट्रिय स्तरमा विकास गरि स्थानीय खेलाडीलाई प्रतिभा प्रस्फुटन गर्न अवसर प्रदान गर्ने रहेको अध्यक्ष टेक बहादुर रानाले बताएक छन ।
प्रतियोगितामा प्रथम हुने प्रतियोगी समूहले नगद ३५ हजार, शिल्ड, मेडल र प्रमाणपत्र, द्वितीय हुने समूहले नगद २५ हजार शिल्ड, मेडल र प्रमाणपत्र, तृतीय हुने समूहले नगद १५ हजार शिल्ड र प्रमाणपत्र तथा सान्त्वना हुने समूहले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology