Logo

२०८३, आश्विन १०गते


images
images

लायन्स क्लब अफ देवदह प्रोफेसनल युथ द्वारा पिस पोस्टर प्रतियोगिता सम्पन्न 

लायन्स क्लब अफ देवदह प्रोफेसनल युथ द्वारा पिस पोस्टर प्रतियोगिता सम्पन्न 

images
  • लायन्स क्लब अफ देवदह प्रोफेसनल युथ द्वारा पिस पोस्टर प्रतियोगिता सम्पन्न 
    images
    images

    देवदह । लायन्स क्लब अफ देवदह प्रोफेसनल युथको आयोजनामा ११ देखी १३ वर्ष उमेर समुहका बालबालिकाहरुको बीचमा ‘पिस पोस्टर कन्टेस्ट’ सम्पन्न भएको छ। कार्यक्रममा १४ प्रतियोगी सहभागी भएका थिए। स्थलगत रुपमै कोरिएका चित्रहरु मध्येबाट प्रथम, द्वितीय र तृतीय हुनेलाई पुरस्कृत गरिएको थियो।

    images
    images
    images

    कार्यक्रममा बोल्दै प्रथम डिस्ट्रीक गभर्नर एम जे एफ लायन पुरुषोत्तम भक्त प्रधानाङ्गले अतिरिक्त क्रियाकलापले विद्यार्थीलाई सहय बनाउँदै आँफू भित्र रहेका कलाको उजागर गर्न मौका प्रदान गरेको बताए ।

    images
    images
    images

    कार्यक्रममा डिस्ट्रीक एड्भाईजर तथा लायन्स क्लब अफ देवदहका चार्टर्ड प्रेसिडेन्ट लायन विष्णु पौडेल, क्लस्टर चिफ लायन राम बहादुर गुरुङ, रिजन चियरपरसन लायन कमला शर्मा, जोन चियरपर्शन लायन बिनोद थापा मगर लगाएतले कार्यक्रमको शुभकामना दिएका थिए।

    images
    images
    images

    कार्यक्रम क्लबका अध्यक्ष लायन कमल पौडेलको अध्यक्षता, प्रथम उपाध्यक्ष लायन बिजय अमगाईको स्वागत र तेस्रो उपाध्यक्ष लायन नबिन थापाको सञ्चालनमा सम्पन्न भएको थियो।

    हत्या, हिम्सा, आतंक, अशान्ति आदिबाट बालबालिकाहरुलाई पर्नजाने मनोबैज्ञानिक असरलाई न्युनिकरण गर्ने हेतुले लायन्स क्लब अन्तर्राष्ट्रियले पिस पोस्टर प्रतियोगिता हरेक बर्ष गर्दै आईरहेको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।