देवदह । सहकारीले शेयर सदस्यहरुलाई उद्यमी बनाउनु पर्ने नेपाल बचत तथा ऋण प्रदेश संघ लुम्बिनी प्रदेशका महासचिव ऋषिराम सापकोटाले बताएका छन ।
उनले शेयर सदस्य व्यवसायिक र उद्यमी बने मात्र सहकारी राम्रो हुने हुदा शेयर सदस्यको आर्थिक परिवर्तन गर्ने गरी लाग्नु पर्नेमा जोड दिएका छन । रुपन्देहीको देवदहमा रहेको कोलिय देवदह बचत तथा ऋण सहकारी संस्था देवदहको १८ बार्षिक साधारण सभा अन्तरगत ढेकावर सेवा केन्द्र स्तरीय सभामा बोल्दै उनले उक्त कुरा बताएका हुन । सहकारीलाई नीति बिधि र प्रविधिमा सञ्चालन गर्न सहकारी अभियानकर्मी, सहकारीका सञ्चालक र शेयर सदस्यहरु लाग्नु पर्नेमा उनले जोड दिए ।
कोलिय देवदह बचत तथा ऋण सहकारी संस्था ढेकावर सेवा केन्द्र व्यवस्थापन उपसमितिका संयोजक लक्ष्मी सिग्देलको अध्याक्षतामा सम्पन्न भएको कार्यक्रममा देवदह–२ का वडाअध्यक्ष दलबहादुर राकसकोटी, संस्थापक अध्यक्ष कृष्णप्रसाद पौडेल, सल्लाहकार मित्रलाल न्यौपाने, ईश्वरी प्रसाद ढुंगाना, सहकारीका सचिव कृष्णराज पौडेल, देवदह–२ का पूर्व वडाअध्यक्ष धर्मागत पाण्डे, सहकारीका पूर्वकोषाध्यक्ष जागेश्वर पंगेनी, कोषाध्यक्ष प्रजापति सापकोटा, लेखा समिति संयोजक हरिप्रसाद ढुंगाना, शेयर सदस्य कमलप्रसाद पौडेल लगायतले बोल्दै सहकारीलाई नीतिमा सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा संयोजक सिक्देलले प्रस्तुत गर्नु भएको वार्षिक प्रतिवेदन पारित गरिएको थियो । सभाले मुख्य साधारण सभामा सहभागि हुने प्रतिनिधि छनोट गरेको छ । सेवा केन्द्र व्यवस्थापन उपसमितिका सदस्य मिना बस्नेतको स्वागत र सहकारीका व्यवस्थापक बिनोद पराजुलीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
यसैगरी देउराली सेवा केन्द्र तिलोत्तमा–८, को पनि साधारण सभा सम्पन्न भएको छ । सो अवसरमा बोल्दै संस्थाका पुर्वअध्यक्ष प्रकाश अर्यालले सहकारीको माध्यमबाट आर्थिक विकास गर्न सकिनेमा जोड दिएका छन । उनले सदस्यलाई आत्मनिर्भर बनाउनको लागि संस्थाले विना धितो ५ लाख ऋण प्रवाह गरिरहेको बताए । देउराली सेवा केन्द्र व्यवस्थापन उपसमितिका संयोजक पिताम्वर खरालको अध्यक्षमा भएको कार्यक्रममा पुर्वअध्यक्ष जयकिशन अधिकारी, सल्लाहकार रुका सापकोटा, संस्थाका उपाध्यक्ष विष्णुप्रसाद पौडेल, लेखा सदस्य कोषबहादुर गुरुङ्ग, शेयर सदस्यहरु गीता शर्मा, केदारचन्द पराजुली लगायतले आ–आफना भनाई राखेका थिय । सेवा केन्द्र व्यवस्थापन उपसमितिका सदस्य राजुमान गुरुङ्गको स्वागत र संस्थाका कर्मचारी खिमकली न्यौपानेको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
यसैगरी कोलिय देवदह साकोस युवा संगम सेवा केन्द्र सियारीको पनि बार्षिक साधारण सभा सम्पन्न भएको छ । युवा संगम सेवा केन्द्र सियारी व्यवस्थापन उपसमितिका संयोजक प्रेमबहादुर खड्काको अध्यक्षता र नेफस्कुनका बरिष्ठ उपाध्यक्ष चन्द्रसार ढकालको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा बोल्दै बरिष्ठ उपाध्यक्ष ढकालले शेयर सदस्यहरु संस्थाप्रति वफादार हुनु पर्नेमा जोड दिए । उनले सहकारी सवैको लागि भएकोले संस्थामा आएका समस्यालाई सवै मिलेर समाधान गर्नुपर्ने बताए ।
कार्यक्रममा संस्थाका अध्यक्ष सुवकान्त न्यौपाने लगायतले आ–आफना भनाई राखेका थिए । कार्यक्रममा संयोजक खड्काले संस्थाको बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सभाले संस्थाको मूख्य साधारण सभाको लागि प्रतिनिधि समेत छनोट गरेको छ ।
उपसमितिका सदस्य हरिदेवी न्यौपानेको स्वागत र कर्मचारी मनोज खनालको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology