Logo

२०८३, कार्तिक २७गते


images
images

ट्राफिक प्रहरीलाई जनस्तरबाट सहयोग र सद्भाव आवश्यक छः प्रहरी महानिरीक्षक कुवँर

ट्राफिक प्रहरीलाई जनस्तरबाट सहयोग र सद्भाव आवश्यक छः प्रहरी महानिरीक्षक कुवँर

images
  • ट्राफिक प्रहरीलाई जनस्तरबाट सहयोग र सद्भाव आवश्यक छः प्रहरी महानिरीक्षक कुवँर
    images

    काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले सडकमा यातायात व्यवस्थापन गर्ने ट्राफिक प्रहरीलाई जनस्तरबाट सहयोग र सद्भावको आवश्यकता रहेको बताएका छन । 

    images
    images
    images


    आईतवार सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह–२०८० लाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले यस्तो बताएका हुन । उनले विभिन्न अध्ययनहरुले १४ घण्टासम्म सडकमा उभिएर ट्राफिक व्यवस्थापन गर्दा ट्राफिक प्रहरीहरुको स्वास्थ्यमा जोखिम बढी देखिएको बताए । उनले जीवन जोखिममा राखेर काम गर्ने ट्राफिक प्रहरीलाई सर्वसाधरण जनता तथा सरोकारवालहरुको सदभाव सहयोग आवश्यक रहेको बताए  । उनले प्रहरी महानिरीक्षक कुँवरले यस्तो बताएका हुन ।

    images
    images
    images

    उनले विभिन्न अध्ययनहरुले १४ घण्टासम्म सडकमा उभिएर ट्राफिक व्यवस्थापन गर्दा ट्राफिक प्रहरीहरुको स्वास्थ्यमा जोखिम बढी देखिएको बताए । उनले जीवन जोखिममा राखेर काम गर्ने ट्राफिक प्रहरीलाई सर्वसाधरण जनता तथा सरोकारवालहरुको सदभाव सहयोग आवश्यक रहेको बताए । उनले सडक प्रयोगकर्ताहरुलाई कानूनीरुपमा ट्राफिक प्रहरीको जिम्मेवारी हद स्पष्ट पार्न नसकिएको बताए । उनले सडकमा बस्ने ट्राफिक प्रहरीसँग नै सडकको समस्या र समाधान सर्वसाधरणले खोजिरहेको उल्लेख गरे । उनले सडक दुर्घटनाका कारक तत्वहरु पैल्याएर भरपर्दो तथ्याङ्क विश्लेषणसहित नियन्त्रणका उपायहरु लगाउन सकिएमा क्षेती न्युनिकरण र सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन गर्न सकिने बताए । उनले प्रहरीले दुई वर्षको कार्ययोजनामा ट्राफिक व्यवस्थापनलाई प्रविधियुक्त बनाई प्रणालीगत सुधार गर्ने लक्ष्य राखेको दाबी गरे । महानिरीक्षक कुँवरले बढ्दो शहरीकरण,बढ्दो जनघनत्वका कारण पूर्वाधार निर्माणको अभाव,यातायातका साधनको तिब्र वृद्धिका साथै मानवीय र वातावरणीय यान्त्रिकको संयोग नै सडक दुर्घटनाको कारक तत्व बनेको उल्लेख गरे । उनले आर्थिक वर्ष २०७९÷०८० सम्ममा १८ लाख बढी सवारी साधन दर्ता भएको ती मध्ये १४ लाख सवारी साधन दैनिक काठमाडौं उपत्यकामा गुड्ने गरेको बताए ।

    images
    images

    उनले नेपाल प्रहरीमा काजमा अन्यन्त्र नपठाउने नीति भए पनि सडक पूर्वाधार यान्त्रिक पूर्वाधारको कमीको कारण ट्राफिक प्रहरी अपवाद बन्न पुगेको उल्लेख गरे । उनले काठमाडौं उपत्यकामा १३१३ दरबन्दी रहेकोमा त्यो भन्दा ६३ प्रतिशत बढी १८२२ जना जनशक्ति परिचालन गरिएको दाबी गर्नुभयो । उनले अझै दैनिक १२ देखि १४ घण्टा ट्राफिक प्रहरी सडकमा उभिनुपर्ने बाध्यता रहेको बताए । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।