काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले खाना पकाउने ग्यास तथा पेट्रोलियम पदार्थको मूल्य तत्काल फिर्ता लिन माग गरेका छन ।
आईतवार सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह–२०८० कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष सिटौलाले यस्तो माग गरेका हुन । उनले नेपालीहरुको महान चाडपर्वको मुखमा आएर खानपकाउने ग्यास तथा पेट्रोलिय पदार्थको मूल्यवृद्धि गर्नु गलत भएको बताए । उनले चाडपर्व लक्षित सरकारले नै सडक व्यवस्थापन र सहुलियत दिनु पर्नेमा सरकारको स्वामित्वमा रहेको नेपाल आयल निगमले नेपाली जनताको ढाड सेक्नेगरी पेट्रोलिय पदार्थको मूल्य वृद्धि गरेको बताए । उनले पेट्रोलिय पदार्थमा सरकारले गरेको मूल्यवृद्धि अविलम्व रुपमा फिर्ता लिनुपर्ने दोहोराए । सिटौलाले १२ रुपैयाँ डिजेलमा मात्रै मूल्यवृद्धि भएको भन्दै तत्काल सार्वजनिक सवारी साधनको पनि तत्काल मूल्य समायोजन गर्नुपर्ने बताए ।
उनले चाडपर्व नजिकिए पनि सबै तिरका मुख्य सडकहरु अस्तव्यस्त रहेको भन्दै सरकारले दशैँअघि नै सडकहरुको व्यवस्थापन गर्न माग गरे । उनले असोज ३ गतेदेखि रत्नपार्क – सूर्यविनायकसम्म सञ्चालनमा आएको दु्रत बस सेवा आवरुद्ध हुने वातावरण बनेको बताए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology