देवदह । विश्व मुटु दिवस–२०८० को अवसरमा देवदह नगरपालिका–४, भवानीपुरमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । लायन्स क्लव अफ देवदह प्रोफेसनल युथ, लियो क्लव अफ मणिमुकुण्ड,लायन्स क्लव अफ देवदह,उज्यालो लालटिन प्रतिष्ठान र जनजागरण युवा क्लवको संयुक्त आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
मुटु स्वास्थ्य राख्नको लागि सचेतना आवश्यक रहेकोले मुटु सम्वन्धी अभिमुखीकरण कार्यक्रम गरेको आयोजकले जनाएको छ ।
अभिमुखीकरण कार्यक्रमको सहजीकरण गर्दै देवदह मेडिकल कलेज भलुहीका डा. अजय अधिकारीले पछिल्लो समय मुटुका रोगीहरु दिन प्रति दिन बढिरहेको बताए । उनले मुटु रोगबाट बचाउनको लागि आमनागरिकलाई सचेतना जगाउन आवश्यक रहेकोमा जोड दिए । व्लड प्रेसर, सुगरका कारण मुटु रोग लाग्ने र त्यसले मृगौला विगार्ने भएकोले समयमै सचेत हुन आवश्यक रहेको बताए । डा.अधिकारीले मुटु स्वस्थ्य राख्नको लागि धुम्रपान, मध्यपान गर्न नहुनेमा जोड दिए। उनले मुटु बचाउनको लागि स्वास्थ्य खाना खान आवश्यक रहेको बताउदै पछिल्लो समय जंगफुडका कारण मुटुका विरामी बढिरहेको बताए । मिठो खानाको नाममा अध्याधिक मात्रामा गुलियो खाने, चिल्लो, पिरो, अमिलो जस्ता खाना सेवनले गर्दा मुटुको रोग लाग्ने गरेको डा. अधिकारीले बताए। मुटुलाई बचाउनको लागि दैनिक व्याम गर्ने, जती काम गरिन्छ त्यती आराम गर्नुपर्ने उहाले जानकारी दिए ।
लायन्स क्लव अफ देवदह प्रोफेशनल युथका अध्यक्ष कमल पौडेलेको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स क्लव डिष्ट्रिक गर्भनर पुरुषोत्तमभक्त प्रधानाङ्ग, देवदह मेडिकल कलेजका डा. शान्ता शर्मा, महामाया भवानी माविका सहायक प्रधानाध्यापक चिरिञ्जवी रेग्मी लगायतले आ–आफना भनाई राखेका थिए ।
अभिमुखीकरण कार्यक्रममा देवदह क्षेत्रका शिक्षक, शिक्षिका तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो । लियो क्लव अफ मणिमुकुन्दका अध्यक्ष काशीराम रेग्मीको स्वागत र जनजागरण युवा क्लव देवदह–४, का अध्यक्ष गोपाल पाण्डेको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology