Logo

२०८३, आश्विन ९गते


images
images

मध्यरातमा संसद अधिबेशन अन्त्य गरेको पोख्रेल सरकारले अध्यादेशबाट बजेट ल्याउने

मध्यरातमा संसद अधिबेशन अन्त्य गरेको पोख्रेल सरकारले अध्यादेशबाट बजेट ल्याउने

images
  • मध्यरातमा संसद अधिबेशन अन्त्य गरेको पोख्रेल सरकारले अध्यादेशबाट बजेट ल्याउने
    फाइल फोटो
    images
    images

    बुटवल । बिहिवार चालू संसदमा विपक्षीको बहुमत भएपछि संसदबाट भागेको शंकर पोखरेल नेतृत्वको लुम्बिनी प्रदेश सरकारले अध्यादेश मार्फत बजेट ल्याउने भएको छ । मध्यरातमा संसद अधिबेशनको अन्त्य गरेको पोख्रेल सरकारले शुक्रबार बिहान अध्यादेशबाट बजेट ल्याउने निर्णय गरेको हो ।

    शुक्रबार बिहान बसेको मन्त्रीपरिषद बैठकले अध्यादेशबाट बजेट ल्याउने निर्णय गरेको सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजनामन्त्री बैजनाथ चौधरीले संचार माध्यमलाई जानकारी दिएका छन् ।

    यसबारे सरकारले दिउँसो २ बजे पत्रकार सम्मेलन गरेर जानकारी गराउने समाचारमा जनाईएको छ । स्रोतका अनुसार सरकारले सदनमा पेश गरेको बजेटलाई नै अध्यादेशमार्फत जस्ताको तस्तै ल्याईनेछ । 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।