Logo

२०८३, कार्तिक २७गते


images
images

नयाँ व्यवस्थापन सहित देवदह टेलिभिजन पुनः संचालनमा

नयाँ व्यवस्थापन सहित देवदह टेलिभिजन पुनः संचालनमा

images
  • नयाँ व्यवस्थापन सहित देवदह टेलिभिजन पुनः संचालनमा
    images

    देवदह  । रुपन्देहीको देवदह नगरपालिकामा संचालन भएर केही समय बन्द रहेको देवदह टेलिभिजन पुनः संचालनमा आएको छ ।  नयाँ व्यवस्थापन सहित सुरू भएको टेलिभिजनको बिहीवार एक कार्यक्रमबीच उद्घाटन गरिएको छ ।  

    images
    images
    images

     टेलिभिजन उद्घाटन कार्यक्रममा बोल्दै देवदह नगरपालिका नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गले संचार क्षेत्रले राज्यको हरेक क्षेत्रलाइ पारदर्शी बनाउने हुँदा आफ्नो जिम्मेवारीबाट नबहकिकन अगाडि बढ्न टेलिभिजनका  संचालक समितिलाइ आग्रह गरिन । उनले देवदह नगरपालिकाको सत्यतथ्य समाचार सहित देवदहका गतिविधिलाई जनता माझ पुर्याउन सहयोग गरेकोमा आभार व्यक्त गरिन । 

    images
    images
    images

    कार्यक्रममा देवदह नगरपालिकाका प्रथम नगरप्रमुख हिरा बहादुर खत्री, लुम्बिनी बिकास कोषका कोषाध्यक्ष सिद्धचरण भट्टराई, देवदह नगरपालिका नगरप्रवक्ता गणेश डुम्रे लगाएतले आफ्नो मन्तव्य राखेक थिए । 

    images
    images

    कार्यक्रम देवदह टेलिभिजन संचालक समिती अध्यक्ष बिष्णु ढकालको अध्यक्षता, देवदह नगरपालिकाका नगरउपप्रमुख विद्यालक्ष्मी गुरुङ्गको प्रमुख आतिथ्यता, कार्यक्रम देवदह टेलिभिजन संचालक समिती सचीव गोविन्द ज्ञवालीको स्वागत र कमला अर्यालको संचालनमा सम्पन्न भएको थियो ।

     नयाँ ठाउँमा कार्यालय व्यवस्थापन,  नयाँ लोगो र नयाँ  संचार नारा सहित पुन: सन्चालनमा आएको टेलिभिजनले सत्य र निष्पक्ष संचारकर्म गर्ने जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह टेलिभिजन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।