Logo

२०८३, कार्तिक २७गते


images
images

साझा प्रकाशनको पुस्तक प्रदर्शनीमा २० देखि ८० प्रतिशतसम्म छुट

साझा प्रकाशनको पुस्तक प्रदर्शनीमा २० देखि ८० प्रतिशतसम्म छुट

images
  • साझा प्रकाशनको पुस्तक प्रदर्शनीमा २० देखि ८० प्रतिशतसम्म छुट
    images

    काठमाडौं । पठन संस्कृति विकासका लागि साझा प्रकाशनले आयोजना गरेको पुस्तक प्रदर्शनी २०८० मा पाठक वर्गले उल्लेख्य उपस्थिति जनाएका छन् ।

    images
    images
    images

    असोज ७ गतेदेखि ललितपुरको पुलचोकस्थित साझा प्रकाशनको प्राङ्गणमा शुरु भएको प्रदर्शनीमा पाठकहरु तानिएका हुन् । साझा प्रकाशनले पाठकका लागि प्रदर्शनीमा २० देखि ८० प्रतिशतसम्मको छुट दिएको छ । ७ गतेदेखि आजसम्म पाठकहरु उल्लेख्य उपस्थित भएको र अझै २२ गतेसम्ममा धेरै पाठकहरुले प्रदर्शनीमा उपस्थिति जनाउने अपेक्षा आफूहरुको रहेको साझा प्रकाशनका निमित्त महाप्रवन्धक भेषराज घिमिरेले बताए ।

    images
    images
    images

    उनले प्रदर्शनीमा यस पटक भैरवबहादुर थापाको अल्फा साइन्स (नाट्य व्याकरण) नयाँ पुस्तकका रुपमा रहेको र बाबुराम आचार्यले लेख्नुभएको पृथ्वीनारायण शाहको जीवनीलाई पुनः मुद्रण गरेर प्रदर्शनीमा राखिएको बताए  । उनले प्रदर्शनी स्थललाई व्यवस्थित गर्दै लगेको र  ५ सय बढी विधाका पुस्तकहरु प्रदर्शनीमा राखिएको बताए । उनले पहिला आख्यानहरु धेरै बिक्री हुने गरेपनि अहिले पुराना र इतिहासको पुस्तकप्रति पाठकको रुची बढ्दै गएको बताए  । उनले देशभर गरेर ४० लाखसम्मको पुस्तक बिक्री हुने अनुमान रहेको पनि बताए । 

    images
    images

    त्यस्तै प्रदर्शनीमा आउनुभएका शरद प्रधानले कतिपय पुस्तकहरु पुनः प्रकाशनमा ल्याउनुपर्ने माग गरे । उनले साहित्य र इतिहासलाई पाठ्यपुस्तकमा राखेर नपढाएको कारण विद्यार्थीहरुमा साहित्यप्रतिको चाहना घट्दै गएकोप्रति चिन्ता व्यक्त गरे । 

    साझा प्राशनले पुस्तक टिकाउन समस्या रहेको उल्लेख गर्दै पुराना पुस्तकहरु जोगाएर राख्न सक्नुपर्ने बताए । पुराना पुस्तकहरुमा पाठकको चाहना बढेकाले पुराना पुस्तकहरु बचाएर राख्नुपर्ने कर्तव्य र जिम्मेवारी आफूहरुको भएको बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।