Logo

२०८३, आश्विन ९गते


images
images

पदकविहीन नेपालको एसियाली खेलकुदमा निराशाजनक प्रदर्शन (कुन देशकाे कति पदक?)

पदकविहीन नेपालको एसियाली खेलकुदमा निराशाजनक प्रदर्शन (कुन देशकाे कति पदक?)

images
  • पदकविहीन नेपालको एसियाली खेलकुदमा निराशाजनक प्रदर्शन (कुन देशकाे कति पदक?)
    images
    images

    काठमाडौं ।  १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत सोमबारसम्म दुई सय २८ पदकको छिनोफानो भएको छ । एसियाली खेलकुदमा कुल सहभागी ४५ मुलुकमध्ये हालसम्म २५ मुलुकले पदक प्राप्त गरेका छन् । नेपाल भने हालसम्म पदकबिहीन छ । नेपालले हालसम्म खेलेका कुनै पनि खेलमा राम्रो खेल प्रदर्शन गर्न सकेको छैन ।

    images
    images
    images

    सोमबारसम्मको खेल प्रदर्शनका आधारमा हालसम्म चीनले ३९ स्वर्ण २१ रजत र नौ कास्यसहित ६९ पदक प्राप्त गर्दै शीर्ष स्थान ओगटेको छ । यस्तै दक्षिण कोरिया १० स्वर्ण, १० रजत, १३ कास्यसहित ३३ पदकका साथ पदक तालिकाको दोस्रो स्थानमा रहेको छ ।

    images
    images
    images

    जापान पाँच स्वर्ण, १४ रजत र १२ कास्यका साथ ३१ पदक प्राप्त गर्दै तेस्रो स्थानमा तथा उज्वेकिस्तान चार स्वर्ण, ६ रजत र ६ कास्यसहित १४ पदकका साथ पदक तालिकाको चौथो स्थानमा रहेको छ । यस्तै हङकङ चाइना तीन स्वर्ण, चार रजत र सात कास्य सहित कुल १४ पदक प्राप्त गर्दै पाँचौँ स्थानमा रहेको छ ।

    images
    images
    images

    नेपालले टेनिसमा, फेन्सिङमा, रग्बीमा, साइक्लिङमा, बास्केटबलमा, तेक्वान्दोमा, जुडोमा, पौडीमा, बक्सिङमा भने रविन विजयी  भएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एसियाली खेलकुद
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।