Logo

२०८३, कार्तिक २७गते


images
images

मणिपालमा महिलाको मृत्युपछि तनाब कायमै डाक्टरमाथि हातपात गर्ने एक जना प्रहरी नियन्त्रणमा

मणिपालमा महिलाको मृत्युपछि तनाब कायमै डाक्टरमाथि हातपात गर्ने एक जना प्रहरी नियन्त्रणमा

images
  • मणिपालमा महिलाको मृत्युपछि तनाब कायमै डाक्टरमाथि हातपात गर्ने एक जना प्रहरी नियन्त्रणमा
    images

    राजेश  पराजुली, पोखरा । पोखराको मणिपाल शिक्षण अस्पतालमा डाक्टरमाति हातपात गरेको आरोपमा एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । लमजुङबाट उपचारका लागि बिहान मणिपालमा ल्याइएकी ५७ वर्षीय महिलाको मृत्युभएपछि आफन्तजन आक्रोसित बनेका थिए ।

    images
    images
    images

    विरामीको अवस्थाबारे पनि जानकारी नदिइएको र अस्पतालको लापरबाहीकै कारण महिलाको मृत्यु भएको भन्दै डा. अनिल शाहमाथि हातपात भएको प्रहरीले जनाएको छ । हातपातमा संलग्न भएको आरोपमा प्रहरीले १ जनालाई नियन्त्रणमा लिएको छ । अहिले पनि अस्पताल तनाबग्रस्त नै छ ।

    images
    images
    images

    अस्पतालमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । जिल्ला प्रशासन कार्यालयसहित अस्पताल प्रशासन र विरामीका आफन्तबीच अहिले वार्ता भइरहेको भए पनि कुनै निश्कर्ष निस्किएको छैन । आक्रोसित भीडले डाक्टर शाहमाथि हातपात गरेकाक थिए भने अस्पतालका सिसासमेत फुटाइएको छ । ड्युटीमा रहेको डाक्टरमाथि हातपात भएपछि चिकित्सक पनि आक्रोसित बनेका छन् भने आफन्तले लापरबाही गरिएको र यथार्थ घटनाको जानकारी दिन माग गरिरहेका छन् ।

    images
    images

    अहिले पनि वार्ता चलिरहेको छ र कुनै घटना नघटोेस् भनेर सुरक्षा कडा पारिएको कास्की प्रहरी प्रवक्ता श्रवणकुममार विकले बताए ।

    अस्पातालका निर्देशक कृष्णमोहन श्रेष्ठले अहिले वार्ता चलिरहेको तर टुंगोमा नपुगेको बताउँदै एक्कासी घटना घटेकाले यथार्थ बुझ्ने क्रममै रहेको जानकारी दिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # प्रहरी नियन्त्रणमा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।