Logo

२०८३, श्रावण २७गते


images
images

२ बर्षिय बालक सहित ट्रकमा सवार १९ बर्षिया युवतीलाई बलात्कार गर्ने ट्रक चालक पक्राउ 

२ बर्षिय बालक सहित ट्रकमा सवार १९ बर्षिया युवतीलाई बलात्कार गर्ने ट्रक चालक पक्राउ 

images
  • सेतोमसी सहकर्मी
  • २ बर्षिय बालक सहित ट्रकमा सवार १९ बर्षिया युवतीलाई बलात्कार गर्ने ट्रक चालक पक्राउ 
    images
    images

    सुरज श्रेष्ठ, विरगंज । ट्रकमा यात्रा गर्ने एक महिलालाई बलात्कार गरेको आरोपमा दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको कलंकीबाट बुटवल जान भनी २ बर्षीय छोरा सहित ट्रकमा सवार महिलालाई बलात्कार गर्ने दुई जना ट्रक चालकलाई प्रहरीले पक्राउ गरेको हो । 

    images
    images
    images

    असार २७ गते विहान  बुटवल जाने भनि काठमाडौंको कलंकीबाट २ बर्षीय छोरा सहित ना ५ ख २८७० नम्बरको ट्रकमा चढेकी महिलालाई उक्त ट्रकका चालकले चितवनको रामनगर ल्याई बलात्कार गरेका थिए । पर्साको बीरगञ्ज वडा नं.२१ बस्ने सुनिल महत्तोले आफुले बलात्कार गरि असार २९ गते  दिउँसो १ बजे ना.६ ख ३३६९ नम्बरको ट्रक चढाइ पठाइ दिएको र त्यसपछि उक्त ट्रकका चालकले पनि महिलालाई बलात्कार गरेको प्रहरीले जनाएको छ । पर्सा कै पोखरिया नगरपालिका वडा नं.६ बस्ने २५ बर्षिय शिववालक महत्तोले वुटवल जाने भनि वीरगञ्ज तर्फ ल्याइ आफू लगायत सहचालक र अर्को एक व्यक्ति समेतले पटक-पटक महिलामाथि जबरजस्ती गरेको प्रहरीको भनाई छ । 

    images
    images
    images

    बलात्कृत महिलालाई असार ३० गते साझ ५ बजे वीरगञ्जको वडा नं.१७ स्थित ड्राईपोर्टमा ओरालेर अलपत्र पारी चालक भागेका थिए । प्रहरी चौकी सिर्सियाबाट गस्तीमा खटिएको प्रहरी टोलीले महिलालाई उद्धार गरी जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याइएको र  पीडितसंगको सोधपुछका आधारमा  चालक सुनिल महत्तो र शिव वालक महत्तोलाई गाडी सहित पक्राउ गरीएको र बाँकी दुई जनाको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले  जानकारि दिएको छ । 

    images
    images
    images

    पक्राउ परेका विरूद्द जबरजस्ती करणी कसूरमा मुद्दा दर्ता गरी थप अनुसन्धान कार्य अगाडि बढाइने प्रहरीले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बलात्कार
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।