Logo

२०८३, कार्तिक २७गते


images
images

'यो छिटो जान्छ' भन्दै यात्रुलाई जबर्जस्ती आफ्नो गाडिमा चढाउन खोज्ने  दुईजना पक्राउ

'यो छिटो जान्छ' भन्दै यात्रुलाई जबर्जस्ती आफ्नो गाडिमा चढाउन खोज्ने  दुईजना पक्राउ

images
  • 'यो छिटो जान्छ' भन्दै यात्रुलाई जबर्जस्ती आफ्नो गाडिमा चढाउन खोज्ने  दुईजना पक्राउ
    images

    पोखरा । पोखराको पृथ्वीचोकबाट देशका विभिन्न ठाउँमा पुग्ने यात्रुले सवारी साधन चढ्ने बेला हैरानी बेहोर्नु परेको नौलो होइन । यो छिटो जान्छ भन्दै यात्रुलाई जवरजस्ती चढाउन खोज्ने र झोला नै खोसेर लैजाने जस्ता घटना सामान्य मानिएका बेला कास्की प्रहरीले यसरी जवरजस्ती आफ्नो सवारी साधनमा चढाउन खोज्ने दुई जनालाई पक्राउ गरेको छ ।

    images
    images
    images

    तनहुँका २४ वर्षका मन्जित महरा र रौतहटका २४ वर्षका अमर शाहलाई कास्की प्रहरीले पक्राउ गरेको हो ।

    images
    images
    images

    जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक श्रवण कुमार विकका अनुसार पक्राउ गरेका दबैजनालाई अभद्र व्यवहार सम्बन्धी मुद्दामा थप अनुसन्धान प्रकृया अगाडी बढाइएको छ।

    images
    images

    उनीहरुले सार्वजनिक सवारी साधनमा चढ्ने बेला सर्वसाधरण यात्रुहरुलाई जबरजस्ती आफ्नो सवारी साधनमा चढाउने तथा ईच्छा विपरीत जबरजस्ती गरी झोला समेत खोसाखोस गरी  दुःख हैरानी समेत दिई अभद्र व्यवहार गरेको प्रहरीले जनाएको छ । यसरी कसैले अभद्र व्यवहार गरे प्रहरीमा खबर गर्न समेत प्रहरीले अनुरोध गरेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # यात्रीलाई सास्ती
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।