Logo

२०८३, कार्तिक २६गते


images
images

जिल्ला प्रहरी कार्यालय कास्कीलाई सेनेटरी प्याड

जिल्ला प्रहरी कार्यालय कास्कीलाई सेनेटरी प्याड

images
  • जिल्ला प्रहरी कार्यालय कास्कीलाई सेनेटरी प्याड
    images

    पोखरा । नेलम्बो नेपालले जिल्ला प्रहरी कार्यालय कास्कीलाई सेनेटरी प्याड हस्तान्तरण गरेको छ । शिक्षा, स्वास्थ्य र वातावरणको क्षेत्रमा काम गर्दै आइरहेको नेलम्बोले ४४ औं सामाजिक सेवा दिवसको अवसर पारेर प्यडा हस्तान्तरण गरेको हो ।

    images
    images
    images

    नेलम्बो नेपालका अध्यक्ष एकदेव देवकोटाले जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापालाई ४ सय ४ थान प्याड हस्तान्तरण गरे कार्यालयमा कार्यरत महिला कर्मचारी र थुनुवा महिलाका लागि प्याड उपलब्ध गराएको अध्यक्ष देवकोटाले बताए । प्रहरी उपरीक्षक थापाले महिला प्रहरीलाई सेनेटरी प्याड अभाव रहेको बताए ।

    images
    images
    images

    ‘फस्ट एड बक्स महिला मैत्री नहुनु प्रमुख समस्या छ’, उनले भने । प्रहरी सेवामा १० प्रतिशत महिला कर्मचारी कार्यरत भएतापनि महिलामैत्री नभएकाले उनले सुनाए ।

    images
    images

    सञ्चारिका समूह गण्डकी प्रदेशकी उपाध्यक्ष कञ्चन थापाले महिलाका लागि सेनेटरी प्याड निकै महत्वपूर्ण रहेको बताइन् । ‘अब हरेक कार्यालयमा सेनेटेरी प्याडको व्यवस्था हुनुपर्छ’, उनको भनाइ छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।