देवदह। रुपन्देहीको देवदह -७ मा रहेको स्वर्णिम सगरमाथा कलेजमा कक्षा ११ का नव आगन्तुक विद्यार्थीलाई स्वागत कार्यक्रम सम्पन्न भएको छ । कक्षा १२ मा अध्यनरत विद्यार्थिहरुले नवआगन्कतुक कक्षा ११ का विद्यार्थीहरुलाई स्वागत गरेका हुन् ।
कार्यक्रममा बोल्दै कलेज व्यवस्थापन समितिका अध्यक्ष ऋषिराम सापकोटाले कलेजले स्थापनाकाल देखी हालसम्म उत्कृष्ट नतिजा हात पारेको दावी गरे । शैक्षिक गतिविधिमा मात्र नभइ अतिरिक्त क्रियाकलापमा समेत विद्यार्थी अब्बल हुनुपर्नेमा जोड दिंदै उनले विद्यार्थीको सर्वांगीण विकासमा कलेजले जोड दिने बताए।
कार्यक्रममा विद्यालयका प्राचार्य कृष्ण प्रसाद पौडेलले विद्यार्थीहरुलाइ कविता सुनाउंदै विद्यार्थी कस्तो हुनुपर्छ भन्ने भाव व्यक्त गरेका थिए। उनले सो कार्यक्रम विद्यार्थीहरुकै सक्रियतामा स्वागत कार्यक्रम भब्य र सव्य रुपमा सञ्चालन भएको बताउदै कलेजको सम्पुर्ण गतिविधिमा विद्यार्थीको उच्च संलग्नताका साथ अगाडि बढ्नु पर्ने आजको शिक्षाको आवश्यकता रहेको बताए।
उनले कलेजले परिक्षामा सतप्रतिशत नतिजा ल्याउने विषयका शिक्षकलाई नगद ५ हजार सहित सम्मान गर्ने बताए । यस वर्ष फाइनान्समा सतप्रतिशत नतिजा ल्याउन सफल शिक्षक विमल तिवारी र ग्रामिण विकास विषयमा सतप्रतिशत नतिजा ल्याउने शिक्षक सरद भण्डारीलाई सम्मान गरिएको थियोे।
कार्यक्रममा सगरमाथा आवसिय मा.विका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराज मरासिनी, सहायक प्र.अ प्रदिप अधिकारी लगायतले आ-आफ्नो भनाई राखेका थिए।
कार्यक्रममा विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रम, बिभिन्न प्रतिभा प्रस्तुत साथै अतिरीक्त क्रियाकलापहरु प्रदर्शन गरेका थिए। ईसिए कोडिनेटर भिमा गुरुङको स्वागत मन्तव्य, भरत रानाको अध्यक्षता रहेको कार्यक्रमको सञ्चालन जय भण्डारी र सन्ध्या थापाले गरेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology