गुल्मी । गुल्मीमा गएराती एकैपटक सात वटा हेल्मेट चोरी भएका छन् । जिल्लाको रुरुक्षेत्र ५ धोविघाटबाट नेवारी समुदायले प्रदर्शन गर्ने लाखे नाच हेर्न गएका ७ जनाको मोटरसाइकलका हेल्मेट मोटरसाइकल पार्किङ गरेको स्थानबाट चोरी भएको लाखे नाच हेर्न गएका स्थानीय कमल ज्ञवालीले बताएका छन् ।
ज्ञवालीको करिब १२ हजार बराबरको हेल्मेट हराएको र आफु सहित अन्य ६ जना साथीहरुको हेल्मेट एकैसाथ हराएको बताएका छन् । सबैको हेल्मेट एकैसाथ हराउनुमा सुनियोजित तरिकाले योजना बनाएरै हेल्मेट चोरी गरिएको उनको दाबी रहेको छ।
जात्रा हेर्न गएका एक युवाले भने,"अहिले हेल्मेट चोरी गर्नेले भोलिका दिनमा मोटरसाइकल , गरगहना एवं पैसा नचोर्ला भन्न सकिन्न। अब त मेला हेर्न जान पनि असुरक्षित महसुस हुन थाल्यो। "
पछिल्लो समय विभिन्न मेला एवं जात्रा हेर्न जाने क्रममा मोटरसाइकलका हेल्मेट चोरीका घटना बढ्दै गइरहेका छन्, यसले आम नगरिकको सुरक्षामा समेत चुनौती थपिएको छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology