पोर्ट मोरेस्वी । बाग्लुङका थापा दम्पतीले ओशिनिया क्षेत्रको सबैभन्दा अग्लो हिमाल माउन्ट विल्हेमको सफल आरोहण गरेका छन ।
पपुवा न्युगिनीको ४८ औं स्वतन्त्रता दिवसको अबसर पारेर बाग्लुङ भकुण्डेमा जन्मिइ हाल पपुवा न्युगिनी रहेका सोम थापा र उनको धर्मपत्नी बिन्दु थापाले सिम्बु प्रान्तमा रहेको माउन्ट विल्हेमको सफल आरोहण गरि चुचुरोमा मा नेपाल र पपुवा न्युगिनीको झण्डा फहराएका हुन ।
माउन्ट विल्हेम ओशिनिया क्षेत्रको सबैभन्दा अग्लो हिमाल हो यसको उचाइ ४ हजार ५०९ मिटर अर्थात १४ हजार ७९३ फिट छ। यो चुचुरोमा पुग्न कडा चट्टानहरुका कारण निकै कठिन छ । धेरै आरोहिहरु चुचुरोमा पुग्न नसकि बिच बाटै फर्किने गरेको उक्त हिमालमा थापा दम्पतीले गरेको आरोहणलाई पपुवा न्युगिनीयन हरुले समेत आश्चर्य र विशेष चासोका साथ लिएका छन भने पपुवा न्युगिनीमा रहेका नेपालीहरुले बधाई व्यक्त गरेका छन ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology