नवलपुर । नवलपुरमा रोट्र्याक्ट क्लब अफ नवलपुर सिटी स्थापना भएको छ । अनिल सुवेदीको अध्यक्षतामा २५ जना सदस्यसहित नवलपुरमा रोट्र्याक्ट क्लब स्थापना गरिएको संस्थापक अध्यक्ष सुवेदीले जानकारी दिए ।
जसमा उपाध्यक्ष ऋषि गौतम र सुमन लम्साल, सचिब बुलेट सिग्देल, कोषाध्याक्ष सन्दिप खनाल , क्लब सेवा निर्देशक र श्रद्धा पान्डे, समुदाय सेवा निर्देशक रितु पौडेल, अन्तर्राष्ट्रिय सेवा निर्देशक बिक्रम ढकाल, व्यवसायिक सेवा निर्देशक ओमकार घिमिरे, सम्पादक सुन्दर न्यौपाने, मर्यादा पालक सुमन भट्टराई, विशेष परियोजना संयोजक बिष्णु भट्टराई, रोट्र्याक पदोन्नति अधिकारी सुस्मिता ढकाल सहित २५ जना सदस्य रहेका छन् । 
क्लबलाई रोट्यरी क्लब अफ नवलपुर कावासोतीले स्पोन्सर गरेको संस्थापक अध्यक्ष समेत रहेका सुबेदीले बताए । उनका अनुसार यस नयाँ क्लब स्थापना गर्नको लागि रोट्यरी क्लब अफ नवलपुर कावासोतीका अध्यक्ष बाबुराम कँडेलले प्रमुख भुमिका निभाएका थिए ।
नवस्थापित उक्त संस्थाले देशका विभिन्न क्षेत्रमा सामाजिक कार्य तथा ब्याक्तित्व बिकास कार्य गर्ने उद्देश्य लिएको अध्यक्ष सुवेदीले बताए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology