नवलपरासी। वर्षाका कारण नवलपरासी सुनवल नगरपालिका वडा नं ७ ज्यामिरे-अस्नैया सडकखण्ड अवरुद्ध भएको छ । लगातारको वर्षातका कारण चारपालाको निर्माणधिन पुलको डाइबर्सनमा बाढी आएपछि सडकखण्ड अवरुद्ध बनेको हो ।
ज्यामिरे अस्नैया सडक खन्ड अन्तर्गत चारपालामा रहेको पुरानो पुलको स्थानमा नयाँ पुल निर्माणको काम थालिएको थियो । आवतजावतलाई सहज बनाउनकालागि बैकल्पिक बाटोको रुपमा डाइबर्सन निर्माण गरिएपनि समयमै पुलको निर्माण पूरा हुन नसक्दा यात्रुले सास्ती व्यहोर्नुपरेको छ।
सडक खण्ड अबरुद्ध भएपनी साना र अति आवश्यक सबारीसाधनहरुले बैकल्पिक बाटोको रुपमा मगरटोलाको भित्रीबाटो प्रयोग गरेको प्रहरीले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology