Logo

२०८३, श्रावण २७गते


images
images

चूडामणि शर्मासहित तीन जनाविरुद्ध एक अर्ब ३३ लाखकाे भ्रष्टाचार मुद्दा

चूडामणि शर्मासहित तीन जनाविरुद्ध एक अर्ब ३३ लाखकाे भ्रष्टाचार मुद्दा

images
  • चूडामणि शर्मासहित तीन जनाविरुद्ध एक अर्ब ३३ लाखकाे भ्रष्टाचार मुद्दा
    images
    images

    ९ असार काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चूडामणि शर्मा सहित तीन जनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    images
    images
    images

    आयोगले कर फर्स्योट आयोगमा छँदा १ अर्ब ३३ लाख भ्रष्टाचार गरेको अभियोग शर्मा सहित कर फर्स्यौट आयोगका तत्कालीन अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रसाद ढकालसमेतलाई प्रतिवादी बनाएर बुधबार अदालतमा मुद्दा दायर गरेको छ । उनीहरूसँग १ अर्ब ३३ लाख ३० हजार ३ सय ८५ रूपयाँ बिगो माग गरी मुद्दा दायर गरिएको हो ।

    images
    images
    images

    उनीहरुले करदाताहरूसँग बदनियतपूर्वक कर फर्छ्यौट सम्झौता गरी सरकारलाई प्राप्त हुने ठूलो मात्राको राजश्व चुहावट गरी भ्रष्टाचार गरेको अख्तियारको ठहर छ । यस अघि पनि शर्माले अकुत सम्पती कमाएको भन्दै अख्तियारले मुद्दा  दायर गरेको थियो त्यति बेला उनी धरौटीमा रिहा भएका थिए ।Screenshot_20210623-205234_Hamro Patro.jpg

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।