राजेश पराजुली, पोखरा । पोखरामा आज विश्व नेवाः दिवस विभिन्न कार्यक्रम गरेर मनाइँदै छ । हरेक वर्षको मार्च महिनाको अन्तिम शनिवारलाई ‘विश्व नेवाः दिवस’ को रुपमा मनाइँदै आएको छ ।
सांस्कृतिक रुपले निक्कै सम्पन्न मानिने नेवार समुदायको आफ्नौ भाषा र लिपि रहेको छ । यो दिवस सन् २०१८ बाट मनाउन सुरु गरिएको हो ।
सन् २०१८ मा विश्व नेवाः दिवसको अवसरमा विश्वका २२ देशहरूमा विभिन्न कार्यक्रम गरेर मनाइएको थियो ।
यो वर्ष पनि नेपाल, अमेरिका, क्यानाडा, बेलायत, हङकङ, अष्ट्रेलिया, यूएई, पोर्चुगललगायत देशमा यो दिवस मनाउन लागिएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology