Logo

२०८३, आश्विन ९गते


images
images

कविता :  हिलोको बयलगाढा झैँ दबिएका सपना

कविता :  हिलोको बयलगाढा झैँ दबिएका सपना

images
  • सेतोमसी सहकर्मी
  • कविता :  हिलोको बयलगाढा झैँ दबिएका सपना
    images
    images

    कविता :  हिलोको बयलगाढा झैँ दबिएका सपना

    images
    images
    images

    कोरिएका ती आशाका किरणहरु
    परिवर्तनको लागि खोजिएका विकिरणहरु
    अल्जिएर, बल्जियर बयल गाढा सरी
     हिलोमा दबिएर उँठनै नसक्ने गरी।।

    images
    images
    images

    हिजो आशा थियो, आज  जताततै निराशा छ
    हिजो मीठो सपना थियो ,आज नमिठो विपना
    हिजो एकतन्त्री शासनको विरोध थियो
    फेरिपनि एकछाक काम गरेर खाने अवस्था थियो ।।

    images
    images
    images

    हिजो टेबल मुनिबाट घुस खाने अवस्था थियो
    आज त खुल्लम खुल्ला भ्रष्टचार गर्ने व्यवस्था भयो
    रिसोर्ट अनि स्टार होटलमा मीटिंग हुने भयो
    भागबन्डा नमिल्दा सबै काम अड्की रहयो।।

    कसको सरकार चल्ने कसको नचल्ने
    तलाचापी अरूको हातमा भए जस्तो भयाे
    सहिद र जनताको लडाईको अर्थ के रहयो
    नेता धनी हुँदा देश झनझन कीन गरीब भयो।।

     देशको विकास होइन गुन्डाको समर्थन भयो
     शोसक र तानाशाही शासन मात्र बाँकी रहयो
     दबाउनेले दबाइरहे, दबिने , दबी  नै रहन पर्यो
    देशमा सरकार छ भन्ने अवस्था कहाँ आयो ।।

    अब त देशमा टुटीफुटी सरकारको आकार भो
    जनताको मत त केबल खेलौना भई रहयो
     अब त फगत ,आशा भन्दा बेथा मात्र रहयो
     देशमा न सरकार छ न बेबस्था भन्नु पर्नेभयो।।

    - नारायण कोइराला
    तानसेन, पाल्पा
    हाल : यूएई

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।