Logo

२०८३, आश्विन ९गते


images
images

देवदह मेला: नगरस्तरिय वक्तृत्वकला प्रतियोगिताको उपाधि न्यू नमूना बोर्डिंङ स्कूललाई 

देवदह मेला: नगरस्तरिय वक्तृत्वकला प्रतियोगिताको उपाधि न्यू नमूना बोर्डिंङ स्कूललाई 

images
  • देवदह मेला: नगरस्तरिय वक्तृत्वकला प्रतियोगिताको उपाधि न्यू नमूना बोर्डिंङ स्कूललाई 
    images
    images

    देवदह।  सातौं राष्ट्रिय देवदह औद्योगिक प्रदर्शनी कृषि तथा पर्यटन महोत्सव-२०७९ द्वारा आयोजित देवदह अन्तर विद्यालयस्तरिय वक्तृत्वकला प्रतियोगिताको उपाधि न्यू नमूना बोर्डिंङ स्कूलले जितेको छ । बिहिबार महोत्सवस्थल देवदह मण्डपमा भएको प्रतियोगितामा सहभागी ११ विद्यालयमा उत्कृष्ट प्रस्तुति दिदै न्यू नमूना बोर्डिंङ स्कूलका विश्वास अधिकारी प्रथम भएका हुन ।

    images
    images
    images

    प्रतियोगितामा ग्रीन प्लाण्ट आवासीय माविका स्वीकृति न्यौपाने दोस्रो, केरवानी माध्यमिक विद्यालयका कृष्टिना न्यौपाने तेस्रो र जनप्रिय माविका दीपिका लामिछाने सान्तवना भएको महोत्सवका विद्यालय समन्वय उपसमिति संयोजक सीबी थापाले जानकारी दिए । 

    images
    images
    images

    प्रतियोगितामा ग्रीनप्लाण्ट बोर्डिंङ स्कूल, सगरमाथा आवासीय मावि, बुद्ध पब्लिक बोर्डिंङ स्कूल, केरवानी मावि, न्यू लुम्बिनी बोर्डिंङ स्कूल, देवदह मावि, देवदह बोर्डिंङ स्कूल, जनता मावि, जनप्रिय मावि, न्यू नमूना बोर्डिंङ स्कूल र सीता मावि गरि ११ विद्यालयको सहभागीता रहेको थियो । 

    images
    images
    images

    फाल्गुन १० गतेसम्म संचालन हुने मेलामा लुम्बिनी प्रदेशका विभिन्न पर्यटकीय स्थलको फोटो प्रदर्शनी, सङ्गितिक प्रस्तुति, जातीय पहिचान झल्काउने मौलिक घर सहितको विभिन्न परिकार तथा स्वास्थ्य शिविर संचालन भैरहेका छन् ।

    १५० स्टल र बालउद्यान समेत रहेको मेला मेला अवलोकनका लागि सर्वसाधारणलाई ५० तथा विद्यार्थीलाई ४० रुपैयाँको टिकट व्यवस्था गरिएको छ । जेष्ठ नागरिक र शारीरिक अशक्त नागरिकले भने नि:शुल्क प्रवेश पाउनेछन। 

    महोत्सवमा १ लाख दर्शकले अवलोकन गर्ने र १० करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने लक्ष्य राखिएको महोत्सव मूल समारोह समितिका संयोजक एवं देवदह व्यापार संघ देवदहका अध्यक्ष मेघराज ढकालले बताए।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।