काठमाडौं । कीर्तिपूर अस्पतालले आफ्नै घरमा ग्याँस सिलिण्डर विस्फोटमा परेका सांसद डा. चन्द्र भण्डारी र आमा हरिकला भण्डारीको उपचार देशभित्र हुन नसक्ने बताएको छ ।
अस्पतालले एक प्रेस विज्ञप्ती जारी गर्दै डा. भण्डारीको अनुहार, दुबै हात र दुबै गोडामा गरी करिव २५ देखी ३० प्रतिशतसम्म र आमाको शरिरका सबै भागमा गरी ७० प्रतिशत जलन भएको जनाएको छ ।
अस्पतालले जारी गरेको विज्ञप्तीमा दुबै जनाको स्वासनलीमा तातो हावा र धुँवाको कारणले जलन भएको हुनसक्ने अत्याधिक सम्भावना रहेको उल्लेख गरेको छ । विज्ञप्तिमा भनिएको छ, "हालको श्रोत र साधनको अवस्थामा उहाँहरुको यथोचित उपचार नेपालमा सहज नहुने देखिएकोले देश बाहिरको सुविधासम्पन्न अस्पतालमा सथासिग्र स्थानान्तरण गर्नका लागि सिफारिस गरिएको छ। "
अस्पतालको सिफारिस अनुसार अहिले डा. भण्डारी र आमालाई भारतको मुम्बई लैजाने तयारी भैरहेकोछ ।

Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology