Logo

२०८३, आश्विन ९गते


images
images

दृष्टिकोण

अवको विकल्प : जसपा, माओवादी केन्द्र र माधव पक्षविच बैचारिक ध्रुवीकरण

अवको विकल्प : जसपा, माओवादी केन्द्र र माधव पक्षविच बैचारिक ध्रुवीकरण

लोकतन्त्रको जग राजनैतिक दलहरू नै हुन । जब ति दलहरू नै विग्रह, विघटन र विसर्जन हुन पुग्दछन्, स्वभाविक रूपमा लोकतन्त्रको जग खल्बलिन्छ । र, अधिनायकवाद हावी बन्न पुग्छ ।
images
  • सेतोमसी सहकर्मी
  • अवको विकल्प : जसपा, माओवादी केन्द्र र माधव पक्षविच बैचारिक ध्रुवीकरण
    images
    images

    नेपालको राजनीति करिव करिव तरल अवस्थाबाट गुज्रिएको छ । खास गरि देशका दुई ठुला कम्युनिस्ट पार्टीको एकीकरण, त्यसमा देखापरेको दरार र अदालतको फैसलादेखि शुरु भएको राजनैतिक अस्थिरता अझ गहिरिदो छ ।

    images
    images
    images

    नेकपा हुँदै जनता समाजवादी पार्टीसम्म पुग्दा राजनैतिक दलहरूमा देखा परेको विग्रहका विचमा अस्थिरता चाहने, त्यसैमा रमाउने र प्रतिगामनमा जान चाहने तत्वहरू अझ  सल्वलाएका छन् । यो अवस्था छिट्टै नियन्त्रण भएन भने यसले देशलाई भीषण अध्यारोको मार्गमा लैजाने निश्चित जस्तै देखिन्छ ।

    images
    images
    images

    लोकतन्त्रको जग भनेको राजनैतिक दलहरू नै हुन । जब ति दलहरू नै विग्रह, विघटन र विसर्जन हुन् पुग्दछन्, स्वभाविक रूपमा लोकतन्त्रको जग खल्बलिन्छ । र अधिनायकवाद हावी बन्न पुग्छ । त्यसकारण अहिले संकटको मूल कारण दलहरू नै  हुन् भने  यसको समाधान पनि दलहरूवाट नै निकाल्नु पर्दछ । 

    images
    images
    images

    आज विभाजन उन्मुख एमाले हिजो एकताबद्ध थियो । किन त्यसमा समस्या उत्पन्न  भयो ? माओवादीका विभिन्न चिरा र ब्यक्तिहरु संगै त थिए, किन समस्या हल गरि एक भएर अगाडि जान सकेनन् ? एमाले र माओवादी विचको एकता किन असफल भयो ? समाजवादी र राजपाको एकता किन अगाडि जान सकेन ? आज पनि कांग्रेसमा दुई पक्ष टक्र्‍याईरहेका छन् । यी प्रश्नको हल नै आजको राजनीतिक समस्याको समाधान हो । 

    यदि दलहरु समस्या समाधानको अस्त्र बन्न सकेनन भने देशमा लोकतन्त्र फेरी गुम्न सक्दछ । २१औँ शताब्दीमा लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो । अर्को विकल्प हुन सक्दैन । तर, हामीकहाँ किन यति छिट्टै दलहरू असफल देखिए ? यसको मूलकारण पुराना राजनैतिक दलहरू र पुरानो विचारबाट अगाडि जान खोजिनु नै हो । 

    आज पनि हामी विश्व राजनितिमा असफल भैसकेको संसदिय प्रणाली र पूर्ण राज्य नियन्त्रीत समाजवाद (कम्युनिज्म) को विचारले २१ औं शताब्दीको यात्रा गर्न खोज्दैछौं । जो असम्भव मात्रै छैन, यसले हामीलाई अगाडि हैन, पछाडि धकेल्छ । 

    ध्वंस गर्नका लागि बनेका राजनीतिक दल र नेतृत्वबाट निर्माण गर्ने युगको नेतृत्व सफल हुनैसक्दैन । रुपान्तरण र विघटन विना यो अगाडि बढ्न सम्भव थिएन र भएन । यसकारण पुरानो विचारको विस्थापन र नेतृत्व परिवर्तन वा रुपान्तरण आवश्यक छ । जसमा पुरानो पुस्ता बाधक देखिएको छ ।

    विडम्बना, कतिपय मानिसहरु आजको देशको समस्या समाधानमा नेकपा एमालेको एकता देख्छन् । कतिपय पुनः माओवादी एकीकरणमा समाधान देख्छन् भने कतिपय भने चुनावपछि नेपाली कांग्रेसबाट समस्या समाधान हुने तर्क गरिरहेका छन् । तर यो कुरा बिल्कुल गलत छ । आज विभाजन उन्मुख एमाले हिजो एकताबद्ध थियो । किन त्यसमा समस्या उत्पन्न  भयो ? माओवादीका विभिन्न चिरा र ब्यक्तिहरु संगै त थिए, किन समस्या हल गरि एक भएर अगाडि जान सकेनन् ? एमाले र माओवादी विचको एकता किन असफल भयो ? समाजवादी र राजपाको एकता किन अगाडि जान सकेन ? आज पनि कांग्रेसमा दुई पक्ष टक्र्‍याईरहेका छन् । यी प्रश्नको हल नै आजको राजनीतिक समस्याको समाधान हो । जबसम्म हामी यी समस्याको सहि समाधान खोज्दैनौ तबसम्म  राजनैतिक संकट अझ गहिरिने निश्चित छ र देश अझ पछाडी जानेछ । अत: यी समस्याको कारण र समाधानमा बहस छलफल प्रारम्भ हुन जरुरी छ ।

    राजनैतिक दल भनेको तत्कालीन सामाजिक अन्तरबिरोधको हल गरि अगाडिको यात्र तय गर्ने औजार हो । आज तिनै औजार निकम्मा देखिएका छन् । यसको कारण; पहिलो - हामी सामन्तबादको अन्त्य गरिसकेपछि देश नयाँ युगमा प्रबेश गर्दा हामी नयाँ बिचार र नयाँ नेतृत्व र गन्तव्य सहितको यात्रा तय गर्न सकेनौं । पुरानै विचार र पार्टीबाट बदलिएको अभिभारा पूरा गर्ने प्रयत्न गर्यौं जुन सम्भव थिएन र भएन । दोस्रो - आजको युग सुहाउँदो राजनीतिक नेतृत्व निर्धारण गर्न हामी असफल भयौं । ध्वंस गर्नका लागि बनेका राजनीतिक दल र नेतृत्वबाट निर्माण गर्ने युगको नेतृत्व सफल हुनैसक्दैन । रुपान्तरण, विस्थापन विना यो अगाडि बढ्न सम्भव थिएन र भएन । यसकारण पुरानो विचारको विस्थापन र नेतृत्व परिवर्तन वा रुपान्तरण आवश्यक छ । जसमा पुरानो पुस्ता बाधक देखिएको छ । तेस्रो - विचारमा हामी हिजो जो पुँजीवाद कि साम्यबाद भन्ने मानसिकताबाट माथी उठ्न सकेनौं । यी असामान्य विचारको विकल्पमा बैकल्पिक विचार विकास र अवलम्बन गर्न हामी चुक्यौं ।

    पहिचान, समाबेसीता, सहभागीतामूलक लोकतन्त्र, मिश्रित अर्थतन्त्र, प्रत्यक्ष निर्वाचित राष्ट्रप्रमुख, पुर्ण समानुपातिक संसद, विज्ञको सरकार र शक्तिशाली जनलोकपाल जस्ता बैकल्पिक विचार अगाडि सारेको छ ।  जसपाको संस्थापन पक्ष, माओवादी केन्द्र, एमालेको विद्रोही पक्ष यसको नजिक देखिन्छ । यसकारण अवको निकासका लागि दलहरू विघटनसंगै माथि उल्लेखित दृष्टिकोणका आधारमा ध्रुवीकरण आजको आवश्यकता हो । 

    समाधान -: आजको संकटको स्रोत दलहरु नै हुन । त्यसकारण समाधान पनि दलहरू भित्रै खोजिनुपर्छ । तर बर्तमान दलहरु जस्ताको तस्तै रहेर समस्याको समाधान हुन सक्दैन । त्यसको लागी सबै दलको रुपान्तरण र विचार दृष्टिकोणको आधारमा ध्रुवीकरणबाट मात्र निकास निस्किन सक्छ । 

    नेपालको राजनीतिमा यतिबेला मुलतः तीन प्रकारका विचार सतहमा देखिएका छन् । 

    पहिलो - बर्तमान संविधान र परिवर्तनप्रति असन्तुष्ट, जुनकुनै बाहानामा पनि ०४७ मा फर्किन चाहने, यसको भित्री मक्सद संबैधानिक राजतन्त्र र हिन्दु एकात्मक राज्य हो । यो दृष्टिकोण जसरी पनि संविधान कुल्चिन, भत्काउन र असफल सिद्द गर्न चाहन्छ । यस प्रकारको विचारमा वर्तमान सरकार, केही पूराना दल र केही हिन्दु अतिवादीहरु देखिएका छन् । यहि अनुसार सरकारमा ध्रुवीकरण सुरुपनि भएको छ ।

    दोस्रो - बर्तमान परिवर्तनलाई स्विकार्ने तर यहाबाट एक इन्च पनि अगाडि बढ्न नचाहने र आगामी निर्वाचनपछि आफू हावी हुने सपनामा रमाईरहेको शक्ति बर्तमान प्रमुख प्रतिपक्षको बहुसंख्यक हिस्सा यसै वरिपरि छ ।

    तेस्रो - यो दृष्टिकोण बोकेको शक्ति बर्तमान परिवर्तनको मुख्य हिस्सेदार पनि हो । उसले आफुलाई परम्परागत पुँजीबाद र साम्यवाद भन्दा फरक देख्छ । उसले संबिधानको अपुर्णतालाई पुर्ण गरि समृद्दिलाई लक्ष ठान्दछ । यो तेस्रो शक्ति एक्काइसौं शताब्दीमा पहिचान, समाबेसीता, सहभागीतामूलक लोकतन्त्र, मिश्रित अर्थतन्त्र, प्रत्यक्ष निर्वाचित राष्ट्रप्रमुख, पुर्ण समानुपातिक संसद, विज्ञको सरकार र शक्तिशाली जनलोकपाल जस्ता बैकल्पिक विचार अगाडि सारेको छ ।  जसपाको संस्थापन पक्ष, माओवादी केन्द्र, एमालेको विद्रोही पक्ष यसको नजिक देखिन्छ । यसकारण अवको निकासका लागि दलहरू विघटनसंगै माथि उल्लेखित दृष्टिकोणका आधारमा ध्रुवीकरण आजको आवश्यकता हो । यसकारण अदलीय एकता हैन, बृहत् बैचारिक ध्रुवीकरणमा लागौं । यो नै अवको विकल्प हो । 

    (पोखरेल जनता समाजवादी पार्टी लुम्बिनी प्रदेशका मुख्यसचिव हुन् ।)

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # यज्ञ पाेखरेल
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।