देवदह । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) नेपाल देवदह नगर समितिको आयोजनामा दोश्रो प्याव्सन खेल महोत्सवको देवदहमा सुरु भएको छ । मंगलबार एक कार्यक्रमबीच देवदह नगरपालिका प्रमुख धुर्ब प्रसाद खरेलले पानाबारी खेल मैदानमा महोत्सवको उद्घाटन गरे।
कार्यक्रम उद्घाटन गर्दै प्रमुख खरेलले रोजगार र उत्पादन मुलक शिक्षा आजको आवश्यकता रहेको बताए। शिक्षाको विकास विना समाज परिवर्तन हुन नसक्ने बताउदै उनले गुणस्तरीय शिक्षामा सवैले ध्यान दिनु पर्नेमा जोड दिए । शिक्षाको विकासको लागि नीजि क्षेत्र, सामुदायिक र स्थानीय तहवीच समन्वय र सहकार्य आवश्यक रहेको उनको भनाई छ ।
सोही कार्यक्रममा बोल्दै देवदह नगरपालिका उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गले खेलको विकासको लागि नगरपालिकाले खेलकुद कार्यविधि बनाएर अगाडि बढेको बताईन । खेलकुदको माध्यमबाट देवदहलाई राष्ट्रिय र अन्र्तराष्ट्रिय रुपमा सकिनेमा जोड दिदैं उनले त्यसको लागि सबैको सहकार्य आवश्यक रहेको उल्लेख गरिन ।
कार्यक्रममा बोल्दै प्याव्सनका केन्द्रिय उपाध्यक्ष विष्णु पन्थीले राज्यको गलत शिक्षा नितीका कारण शिक्षा क्षेत्रको विकास हुन नसकेको बताए । नीजि विद्यालयलाई समेट्ने गरी शिक्षा निती बनाउन आवश्यक औल्याउदै उनले राज्यको शिक्षा नितीले नीजि विद्यालयहरुलाई विभेद गरेको आरोप लगाए।
प्याब्सन देवदहका अध्यक्ष रामबहादुर गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा प्याव्सनका केन्द्रिय सदस्य लेखनाथ पौडेल, एन प्याव्सनका केन्द्रिय सचिव कृष्णप्रसाद पौडेल, देवदह नगरपालिका शिक्षा अधिकृत पर्शुराम ढकाल, लुम्विनी प्रदेश सहकारी विकास बोर्डका सदस्य टिका गौतम, नगर शिक्षा समितिका सदस्य चक्रपानी तिवारी, देवदह आर्दश बहुमुखी क्याम्पसका जयकिशन अधिकारी, नेकपा माओवादी केन्द्रका गोविन्द ठड्राई, नेकपा एमालेका विष्णु अर्याल, नेपाल शिक्षक संगठनका खेमानन्द ज्ञवाली, पुस्तक व्यवसायी गोविन्द ज्ञवाली लगायतले बोलेका थिए।
कार्यक्रम संयोजक बोधराज गौडेलको स्वागत र सचिव कृष्णप्रसाद गैरेको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology