Logo

२०८३, आश्विन ९गते


images
images

कर्णाली सरकारको नेतृत्व माओवादीको भागमा परेपछि के भन्छन् एमाले सांसद ?

कर्णाली सरकारको नेतृत्व माओवादीको भागमा परेपछि के भन्छन् एमाले सांसद ?

images
  • कर्णाली सरकारको नेतृत्व माओवादीको भागमा परेपछि के भन्छन् एमाले सांसद ?
    images
    images

    सुर्खेत । आइतबार सत्ता साझेदार दलका शीर्ष नेताहरुको बैठकले कर्णालीमा पहिलो चरणमा नेकपा माओवादी केन्द्रको नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको छ । तर नेकपा एमालेले माओवादीलाई साथ दिन्छ कि दिँदैन भन्ने खालका आशंका पनि उब्जिन थालेको देखिन्छ । प्रदेश प्रमुख तिलक परियारले बुधबार बेलुका ५ बजेसम्म मुख्यमन्त्रीका लागि दाबी पेस गर्न आह्वान गरेका छन् ।

    images
    images
    images

    आइतबारको निर्णय अनुसार एमालेको समर्थनमा माओवादीका राजकुमार शर्माले मुख्यमन्त्रीको दाबी पेस गर्नुपर्ने हुन्छ । तर नेकपा एमालेका नेता कार्यकर्ताहरुले भने बालकोटले कर्णालीलाई अन्याय गरिरहेको भन्दै आइतबारको निर्णयको विकल्प खोज्न आग्रह गरिरहेका छन् । कर्णाली प्रदेशसभाको समीकरण अनुसार एमालेले विद्रोह गरेर कांग्रेससँग मिलेर सरकार बनाउन सक्ने स्थिति पनि देखिन्छ । कांग्रेससँग १४ र एमालेसँग १० सिट छ । ४० सदस्यीय प्रदेशसभामा सामान्य बहुमतका लागि कम्तीमा २१ सांसद आवश्यक पर्दछ । तर एमालेका सांसदहरुले भने पार्टी केन्द्रले गरेको निर्णय स्वीकार गर्नु बाहेक विकल्प नरहेको बताएका छन् । 

    images
    images
    images

    एमाले सांसद टेकराज पछाईले पार्टी केन्द्रले गरेको निर्णण अनुसार नै अगाडि बढ्नुपर्ने बताए । उनले भने, ‘भागबण्डाको कुरा त आयो, तर पार्टीको आधिकारिक निर्णय आएको छैन, यदि आएको खण्डमा पनि उक्त निर्णयलाई स्वीकार्नै पर्ने हुन्छ ।’  उनले अहिलेसम्म प्रदेशका नेताहरुबीच सरकार गठनबारे कुनै छलफल नभएको बताए । ‘केन्द्रबाट आधिकारिक निर्णय आएको खण्डमा प्रदेशमा छलफल होला,’ उनले भने ।

    images
    images
    images

     

    एमाले सांसद जीतबहादुर मल्लले पनि आइतबारकै निर्णय अनुसार अघि बढ्नुपर्ने स्थिति आए एमालेले त्यसलाई स्वीकार गर्नुपर्ने बताए । उनले भने, ‘विगतमा कर्णालीमा विद्रोहले नै माओवादी–एमालेबीच अर्कै खालको परिस्थिति सिर्जना भएको थियो, अहिले त्यस्तो हुनुहुँदैन, पार्टी केन्द्रको निर्णय अनुसार अघि बढ्छौँ, यद्यपि पार्टीको आधिकारिक लेटर आउन बाँकी नै छ ।’ 

    यता एमाले प्रदेश अध्यक्षसमेत रहेका सांसद विनोद शाहले भने केन्द्रले कर्णालीलाई अन्याय गरेको बताए । ‘यद्यपि केन्द्रको निर्णय बेगर अर्को विकल्प खोज्ने भन्ने कुरा हुँदैन,’ उनले भने, ‘अन्याय गरेको कुरामा कुनै शंका छैन, तर देशमा गठबन्धन सरकार भएकाले जुन खालको निर्णय केन्द्रमा भयो, त्यसलाई च्यालेञ्ज गर्नु हुँदैन ।’  उनले एमालेले विद्रोह गरेर कांग्रेससँग मिलेर सरकार बनाउने कुरा तत्कालका लागि सोच्नै नसकिने बताए । सरकार बनाउनका लागि प्रदेशमा आजदेखि छलफल चल्ने उनको भनाइ छ ।
     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कर्णाली सरकार
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।