Logo

२०८३, कार्तिक १२गते


images
images

भोलिदेखि नेपाल टेलिकमको फाइभजी परीक्षण, निःशुल्क अनुभव गर्न पाइने

भोलिदेखि नेपाल टेलिकमको फाइभजी परीक्षण, निःशुल्क अनुभव गर्न पाइने

images
  • भोलिदेखि नेपाल टेलिकमको फाइभजी परीक्षण, निःशुल्क अनुभव गर्न पाइने
    images
    images

    काठमाडौं । सरकारी स्वामित्वको मोबाइल सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले भोलिदेखि फाइभजी परीक्षण सुरु गर्ने भएको छ । अङ्ग्रेजी वर्ष २०२३ को अवसर पारी कम्पनीले काठमाडौंस्थित बबरमहल र सुन्धारा क्षेत्रबाट याे सेवाकाे परीक्षण गर्न लागेकाे हो ।
    नियामक नेपाल दूरसञ्चार प्राधिकरणबाट अनुमति पाएको करिब दुई वर्षपछि फाइभजी ट्रायल अघि बढ्न लागेको हाे । त्यसपछि क्रमशः देशका सातै प्रदेशमा फाइभजी परीक्षण गरिने टेलिकमले जनाएकाे छ । 

    images
    images
    images

    परीक्षण अवधिमा ग्राहकले निःशुल्क रुपमा फाइभजीको अनुभव लिन सक्नेछन् ।
    प्राधिकरणले परीक्षणका लागि २६०० मेगाहर्ज फ्रिक्वेन्सी उपलब्ध गराएको छ । परीक्षणबाट पत्ता लागेका कुरालाई अघि बढाउँदै त्यसबाट व्यावसायिक प्रयोजनबाट सुरु गर्ने कम्पनीकाे योजना छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।