Logo

२०८३, आश्विन १०गते


images
images

बुटवल औद्योगिक प्रदर्शनीमा दर्शकको थामिनसक्नु भिड

बुटवल औद्योगिक प्रदर्शनीमा दर्शकको थामिनसक्नु भिड

images
  • बुटवल औद्योगिक प्रदर्शनीमा दर्शकको थामिनसक्नु भिड
    images
    images

    बुटवल । रुपन्देही उद्योग संघको आयोजनामा बुटवलमा सञ्चालन भइरहेको राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०७९ मा आज दर्शकको अत्याधिक भिड लागेको थियो । 

    images
    images
    images


    आज तमु ल्हेसारका अवसरमा सार्वजनिक विदा परेका कारण दर्शकहरुको भिड अत्याधिक भएको हो । “समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशीलताको विस्तार” भन्ने मूल नाराका साथ आयोजित मेलाको नवौँ दिन आज करिब एक लाख दर्शकले मेला अवलोकन गरेको प्रदर्शनी सचिवालयले जनाएको छ ।

    images
    images
    images


    स्वदेशी उत्पादनको प्रदर्शन र बजारीकरण गर्ने उद्देश्यका साथ पुस ७ गतेदेखि सञ्चालित १५ औंँ राष्ट्रिय औद्योगिक प्रदर्शनी अवलोकन गर्न आउने दर्शकहरुलाई टिकट लिन सहज होस भन्दै आयोजकको तर्फबाट टिकट काउन्टर बाहिर प्रदर्शनी गेटमा थप नयाँ काउन्टर स्थापना गरी टिकट विक्री गरिएको थियो । 

    images
    images
    images


    प्रदर्शनी हेर्न अवलोकनकर्ताहरु विहान दशै वजेदेखि टिकट काउन्टरमा लाइनमा बसेका थिए । दर्शकहरुको भिड बढेपछि लाइन व्यवस्थापन गर्दै सहज रुपमा प्रदर्शनी स्थलमा छिर्न मुल आयोजक समितिका पदाधिकारी, उपसमितिका संयोजक तथा सदस्यहरु सक्रिय भएका थिए । आज प्रदर्शनी अवलोकन गर्न भिड बढ्ने अनुमान गर्दै पूर्व आवश्यक तयारी गरिएको थियो ।  


    दर्शकहरुको उपस्थितिले आयोजकलाई उत्साहित बनाएको मुल समितिका संयोजक माधव प्रसाद पौडेलले बताए  । उनले उद्योग संघको प्रदर्शनी सधै ऐतिहासिक बन्ने गरेको बताए  । आधुनिक प्रदर्शनी केन्द्रमा नयाँ व्यवस्थापनका साथ आयोजना गरिएको महोत्सवमा दर्शकहरुले कुनै पनि प्रकारको समस्या झेल्नु नपरेको उनको दाबी छ ।


    प्रदर्शनी हेर्न आएका दर्शकहरुको भिड अत्याधिक बढेपछि टिकट काउण्टर बढाएर टिकट विक्री गरी सहजता प्रदान गरिएको प्रदर्शनी प्रबन्धक यादवप्रसाद भण्डारीले बताए । यस पटक मण्डपमा एकै पटक ५० हजार दर्शक रहन सक्ने क्षमता भएका कारण व्यवस्थापन सहज भएको थियो । 

    मण्डपभित्रका दर्शकहरुलाई बाहिर निस्कनका लागि २ वटा छुट्टै निकासको व्यवस्था गरिएको थियो । दर्शकहरुको भिडका कारण बुटवल मण्डप पुरै भरिएको थियो । गेटबाट अवलोकनका लागि छिरेका दर्शकहरु स्टल हुँदै मञ्च रहेको खाली मैदानमा र बाल मनोरञ्जन क्षेत्रमा पुगेका थिए । 


    प्रदर्शनी मुल आयोजक समितिका सदस्य सचिव हरिबहादुर खत्रीले प्रदर्शनीमा उर्लेको दर्शकहरुको भिडले प्रदर्शनीको जननी रुपन्देही उद्योग संघलाई थप कामका लागि हौसला मिलेको बताए  । खत्रीले प्रदर्शनी अवलोकन गर्न आउने दर्शकहरुलाई सकेसम्म कुनै प्रकारको समस्या नपरोस भन्ने कुरामा ध्यान दिइएको र कुनै पनि प्रकारको दुर्घटना नभएको भन्दै खुशी व्यक्त गरे । उनका अनुसार आज एकैदिनमा करिव २ करोडको आर्थिक कारोवार भएको अनुमान गरिएको छ । 

    सुरक्षा व्यवस्था समितिका संयोजक युवराज आचार्यले प्रदर्शनीमा भिड बढेपछि सुरक्षाको पाटो निकै गम्भिर बन्ने हँुदा त्यसमा आफुहरुले निकै सचेत र चनाखो भएर काम गरेकाले कुनै अप्रिय एवं मानविय तथा भौतिक क्षतिका घटना नभएको बताउनुभयो । उहाँले सुरक्षा व्यवस्था कायम गर्न खटिएका सुरक्षा निकायप्रति आभार व्यक्त गरे । 


    प्रदर्शनीको मनोरञ्जनात्मक कार्यक्रम अन्तरगतका केही प्रतियोगिताहरुको छनौट चरण अन्तिममा पुगेका छन् भने केहीका अन्तिम नतिजा सकिएका छन् । प्रदर्शनीमा राखिएको दोहोरी गित प्रतियोगिताको फाइनल सम्पन्न भएको छ । 


    फाइनलमा दरबार रोधी क्लव काठमाडौं र खस्यौली रोधी क्लव बुटवल वीच प्रतिस्पर्धा भएको थियो, जसमा दरबार रोधी क्लव काठमाडौं विजेता बन्न सफल भयो । विजेताले नगद रु ७५ हजार ५ सय ५५ प्राप्त गरेको छ भने उपविजेताले खस्यौली रोधी क्लव बुटवलले रु ३७ हजार ५ सय ५५ र तृतीय राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान कास्कीले रु १९ हजार ५५ र राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान लुम्बिनी प्रदेशले रु १९ हजार ५५ नगद प्राप्त गरेका छन् । विजेता टिमलाई प्रदर्शनी मुल समितिका संयोजक पौडेलले पुरस्कार प्रदान गरेका थिए ।


    यसैगरी प्रदर्शनी आइडल–२०७९ प्रतियोगिता अन्तरगत अन्तिम टप ५ गायकको प्रस्तुती भएको छ । शनिवार प्रतियोगितामा टप ४ को प्रस्तुति हुने छ । स्थानीय तथा राष्ट्रिय कलाकारहरुको एकल प्रस्तुती अन्तरगत शुक्रवार लोकदोहोरी गायक खुमन अधिकारी, गायिका शान्तिरानी परियार, एन्जिला रेग्मी, गायक रविन लामिछाने, प्रिन्स मल्ल लगायत कलाकारहरुको प्रस्तुति रहेको थियो ।


    शनिवार लोकदोहोरी गायक खेम सेन्चुरी, लोकदोहोरी गायिका मन्जु पौडेल, अस्मिता डल्लाकोटी, गायक मानसिंह खड्का, नृत्य प्रशिद्धी ढकाल, लगायतको प्रस्तुती रहने छ भने उद्घोषण नारायण खनाल लेकाली, गोपाल अधिकारी, आविष्कार खनालको रहनेछ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।