Logo

२०८३, आश्विन ११गते


images
images

काठमाडौंका ११८ सहकारी विरुद्ध उजुरी, ४७ सहकारी कारबाहीको लागि प्रहरीमा

काठमाडौंका ११८ सहकारी विरुद्ध उजुरी, ४७ सहकारी कारबाहीको लागि प्रहरीमा

images
  • काठमाडौंका ११८ सहकारी विरुद्ध उजुरी, ४७ सहकारी कारबाहीको लागि प्रहरीमा
    images
    images

    काठमाडौं । काठमाडौं महानगर पालिकाको क्षेत्राधिकारभित्र १ हजार ९ सय ५५ वटा सहकारी संस्था छन् ।जसमध्ये १ सय १८ सहकारी संस्था विरुद्ध सदस्यहरुले बचत फिर्ता नदिएको भन्दै उजुरी दिएका छन् । 

    images
    images
    images

    उक्त १ सय १८ सहकारी संस्था मध्ये ७१ वटा सहकारी महानगर आफैले हेरिरहेको छ भने बाँकी ४७ वटा सहकारी संस्थाका उजुरी नेपाल प्रहरीलाई कारबाहीको लागि पठाएको छ ।

    images
    images
    images

    महानगरले हेरिरहेको सहकारीका उजुरीहरुमा बचत फिर्ता, व्याज मिलान, लिलाम व्यवस्थापन, अध्यक्षको मनोमानी कारोबार, स्टेटमेन्टमा कम रकम उल्लेख गरेको, साधारण सभा नबोलाएको, कार्य समिति विवाद, लेखा समिति विवाद, ऋण असुली जस्ता विषय रहेका छन् । 

    images
    images
    images

    त्यस्तै घर भाडा नतिरेको, ऋण तिर्दा पनि धितो फुकुवा नगरिदिएको समस्या महानगरले हेरिरहेको छ ।

    कुल १ हजार ९ सय ५५ मध्य चालु आर्थिक वर्षमा १ सय ८५ वटा सहकारी संस्था मात्र अद्यावधिक भएको काठमाडौं महानगर सहकारी विभागले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।