Logo

२०८३, श्रावण २७गते


images
images

विष्णु पौडेललाई शंकर पोखरेलको जवाफ- ‘प्रदेश राजधानी दाङबाट अन्त सर्दैन’

विष्णु पौडेललाई शंकर पोखरेलको जवाफ- ‘प्रदेश राजधानी दाङबाट अन्त सर्दैन’

images
  • विष्णु पौडेललाई शंकर पोखरेलको जवाफ- ‘प्रदेश राजधानी दाङबाट अन्त सर्दैन’
    images
    images

    दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेले लुम्बिनी प्रदेशको राजधानी दाङबाट अन्त नसर्ने बताएका छन् । केही दिनअघि एक टेलिभिजन कार्यक्रममा एमालेका उपाध्यक्ष विष्णु पौडेलले प्रदेशको राजधानी दाङबाट बुटवल नै ल्याउने बताएका थिए । 

    images
    images
    images

    दाङमा आइतवार भएको एक कार्यक्रममा पौडेलको जवाफ दिँदै महासचिव पोखरेलले संविधानले राजधानी दुई पटक सार्ने विषय उल्लेख नगरेकाले दाङबाट राजधानी अन्त नसर्ने फर्काए । ‘हामी दङ्गालीले दाङमा प्रदेश राजधानी ल्याउन माग गर्‍याैँ, आन्दोलन पनि गर्‍याैँ । कांग्रेस र माओवादीको सरकार भएको बेला उनीहरूले बुटवल तोकेका थिए, म मुख्यमन्त्री भएपछि दाङमा सारेका छौँ । अब कसले के बोल्छ भन्ने चिन्ता नलिनुहोस् । राजधानी दाङमा तोक्ने काम भइसक्यो । कार्यालयहरू सार्ने काममा ढिला भएको हाे, अब सार्ने काम पनि चाँडै सकिन्छ’, पोखरेलले भने । 

    images
    images
    images

    महासचिव पाेखरेलले कहाँ कसले के बोल्छ भन्ने विषयमा सरोकार नराख्न भन्दै दाङमा कायम भएको राजधानीलाई व्यवस्थित सहर बनाउने योजना भएको पार्टीलाई मतदान गरेर विजयी बनाउन आग्रह गरे ।

    images
    images
    images

    रुपन्देही क्षेत्र नं. १ का उम्मेदवार समेत रहेका पार्टी उपाध्यक्ष पौडेलले भने राजधानी सार्ने निर्णय चकले लेखेको डस्टरले मेटेझैँ मेटिने र एमालेले राजधानी बुटवल ल्याउने बताउँदै आएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।