Logo

२०८३, आश्विन ९गते


images
images

होटल बाराहीले गर्‍यो साढे १० करोडमाथिको व्यापार

होटल बाराहीले गर्‍यो साढे १० करोडमाथिको व्यापार

images
  • होटल बाराहीले गर्‍यो साढे १० करोडमाथिको व्यापार
    images
    images

    राजेश पराजुली, पोखरा । पोखरा लेकसाइडमा रहेको होटल बाराहीको कारोबारमा उछाल देखिएको छ। रेटिङ एजेन्सी इक्रा नेपालका अनुसार सन् २०२१/२२ मा कम्पनीले १० करोड ७० लाख रुपैयाँको कारोबार (अपरिष्कृत) गरेको छ। 

    images
    images
    images

    अघिल्लो वर्ष २०२१ मा होटलले जम्मा एक करोड ७० लाख रुपैयाँको व्यापार गरेको थियो। २०२० मा नौ करोड ९० लाख रुपैयाँ र २०१९ मा १४ करोड ६० लाख रुपैयाँको कारोबार गरेको थियो।  

    images
    images
    images

    २०१९ मा ६१ प्रतिशत रहेको होटलको अकुपेन्सी २०२० मा ५३ प्रतिशतमा झरेको थियो। कोरोना महामारीअघि होटलको अकुपेन्सी ५७ प्रतिशत थियो। २०२१ मा होटलको अकुपेन्सी ९ प्रतिशतले घटेको थियो। अकुपेन्सी घट्दा कम्पनीको आम्दानी ८३ प्रतिशतले घटेको रेटिंङ विवरणमा उल्लेख छ। 
    होटल बाराही चार तारे होटल हो। होटलमा ८० वटा कोठा छन्।

    images
    images
    images

     होटलले नौ तलाको मलसहितको होटल ठमेलमा बाराही प्लाजाको नाममा निर्माण गरिरहेको छ। पहिलो तीन तलामा सपिङ मल रहने छ भने चौथो तलाबाट होटल नै सञ्चालन गर्ने तयारीमा कम्पनी छ। मलमा ७० प्रतिशत सब्सिडायरी होटल बाराही प्रालिकै छ। होटलको स्वामित्व र व्यवस्थापन होटल बाराहीले नै गर्ने बताइएको छ।

    होटल बाराही प्रालिमा हरिप्रसाद पौडेल र उनको परिवारको स्वामित्व छ। कम्पनीले ९४ करोड रुपैयाँको दीर्घकालीन कर्जाका लागि इक्रा नेपालबाट एनपी एलबी प्लस रेटिङ पाएको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # होटल बाराही
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।