Logo

२०८३, आश्विन ११गते


images
images

कर्जा असुलीको नाममा लघुवित्तले मानसिक यातना दिएको भन्दै आन्दोलन गर्ने चेतावनी

कर्जा असुलीको नाममा लघुवित्तले मानसिक यातना दिएको भन्दै आन्दोलन गर्ने चेतावनी

images
  • कर्जा असुलीको नाममा लघुवित्तले मानसिक यातना दिएको भन्दै आन्दोलन गर्ने चेतावनी
    images
    images

    परासी । बिषम परिस्थितिमा कर्जा असुलीको नाममा गरिब विपन्नहरु माथि मानसिक दबाब नदिन माओवादी क्रान्तिकारीले  चेतावनी  दिएको छ। कोरोना जस्तो प्रतिकुल समय पछिको बिषम परिस्थितिबाट गुज्रिएका विपन्नमाथि लघु बित्तले चक्रीय ब्याज लिएर चर्काे आर्थिक शोषण गरेको क्रान्तिकारी माओवादीले प्रेस बिज्ञप्तिमार्फत जनाएको छ।

    images
    images
    images

    पार्टीका जिल्ला सेक्रेटरी चोलाले सोमवार एक प्रेस बिज्ञप्ति जारी गर्दै लघुबित्तले चक्रीय ब्याज लिएर गरिबहरुमाथि ज्यादती गरेको जनाएका हुन । साथै लघु बित्तले ऋणी माथि मानसिक यातना तथा दुब्र्यवहार गरेको पार्टीमा निबेदनहरु प्राप्त भएको बिज्ञप्तिमा जनाइएको छ।

    images
    images
    images

    ‘ग्रामीण क्षेत्रमा जनतामाथि दलालपुजीपतिवर्गले गर्ने शोषणको तौर तरिका र साधन फेरिए पनि शोषण दमन र अत्याचार दोब्बर हुदैं गएकोे बिज्ञप्तिमा दावी गरिएको छ। ’तर शोषणको मात्रा दिन दुगुना रात चौगुना बृद्धि भएको छ। यसैको ज्वलन्त उदाहरण साहु महाजनले विपन्नबाट असुलेको मिटरब्याज र लघु बित्तकम्पनीले लिने चक्रीयब्याज बन्नपुगेको छ–बिज्ञप्तिमा उल्लेख छ।

    images
    images
    images

    त्यस्तै क्रान्तिकारी माओवादीले लघुबित्तले जनताले पालेका हाँस, कुखुरा, बाख्रा, समेत हडपेर मानवीय संबेदना समेत नदेखाएको बताएको छ । बिज्ञप्तिमा थप प्रष्टाइएको छ–’यसै क्रममा पश्चिम नवलपरासीका बिभिन्न क्षेत्रमा लघु बित्तमा आबद्ध भएका ऋणी माथि ऋण असुल गर्ने बहानामा उनीहरुले पालेका बाख्रा, कुखुरा, हाँस हडप्ने,भाडाकुडा सरसामान कब्जा गर्ने,सामाजिक लान्छनायुक्त गालीगलौज गर्ने, बालबालिका माथि मानसिक यातना दिने, क्रियापुत्रीको मानवीय संबेदना समेत ख्याल नगरी दबाब दिने जस्ता हर्कत भएको हाम्रो पार्टी समक्ष निबेदनहरु प्राप्त भएका छन्।’

    साथै क्रान्तिकारी माओवादीले लघु बित्त बिरुद्धको आन्दोलनमा ऐक्यबद्धता समेत जाहेर गरेको छ।’उक्त निबेदनहरु उपर हाम्रो पार्टीले सुक्ष्म अध्ययन तथा बिश्लेषण गर्दै यस्तो अन्यायपुर्ण रबैयाका बिरुद्ध उत्रिएका आम लघु बित्त पीडितहरुको आन्दोलनमा समर्थन तथा ऐक्यबद्धता जाहेर गर्दछौ विज्ञप्ति भनिएको  छ ।

    क्रान्तिकारी माओवादीले लघुबित्तको नामै तोकेर बिज्ञप्ति जारी गर्दै चेतावनी दिएको हो। बिज्ञप्तिमा अन्त्यमा भनिएको छ - ’जिल्लामा रहेका छिमेकी, नेष्डो, ओमी, सिवाइसी, एनआइसी, महुली, उपकार, कालिका, त्रिलोक, डिप्रोस लगायत बिभिन्न नामधारी लघुबित्तले यस्ता क्रियाकलाप नरोके हाम्रो पार्टी कडा संर्घषमा उत्रने चेतावनी दिन चाहन्छौँ ।'

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।