देवदह । देवदह नगरपालिकाले भाद्र १९ गते आइतबारका दिन सार्वजनिक विदा दिने भएको छ । थारु समुदायको पर्व बड्की आइतबारको अवसरमा सार्वजनिक विदा दिईएको नगरपालिकाले जनाएको छ ।
नगरप्रमुख ध्रुब प्रसाद खरेलले एक सूचना जारी गर्दै बड्की आइतबारको अवसरम देवदह नगरपालिका र नगरपालिका अन्तर्गतका वडा कार्यालयहरु, स्वास्थ्य संस्थाहरु र सामुदायिक तथा संस्थागत विद्यालयहरुमा स्थानीय विदा दिने निर्णय भएको जनाएका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology