Logo

२०८३, आश्विन ११गते


images
images

जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जवर्जस्ती करणी प्रयासको मुद्धा दर्ता गर्न मानेन

जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जवर्जस्ती करणी प्रयासको मुद्धा दर्ता गर्न मानेन

images
  • जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जवर्जस्ती करणी प्रयासको मुद्धा दर्ता गर्न मानेन
    images
    images

    रुकुम(पूर्व) । पूर्वी रुकुमको जिल्ला प्रहरी कार्यालयले जवर्जस्ती करणी प्रयासको मुद्धा दर्ता गर्न अस्विकार गरेको छ । जिल्ला प्रहरी कार्यालय रुकुम(पूर्व) ले पुथा उत्तरगंगा गाउँपालिकाकी नाम परिवर्तीत (सिता) को मुद्धा दर्ता गर्न अस्विकार गरेको हो । 

    images
    images
    images

    यहि भदौ १४ गते बिहान उनकै घरमा पुगेर रोल्पा थबाङ गाउँपालिकाका रामप्रसाद बुढाले जबरजस्ति करणीको प्रयास गरेको पिडितको भनाइ छ । 

    images
    images
    images

    सिता जबरजस्ति करणी प्रयासको मुद्धा दर्ता गर्न १५ गते जिल्ला प्रहरी कार्यालय रुकुम(पूर्व) मा पुगेकी थिइन् । तर प्रहरीले उनको मुद्धा दर्ता नगरेपछि पिडित पक्ष निराश भएर फर्किएको थियो । 

    images
    images
    images

    सिताका अनुसार १४ गते बिहान ९ बजे घरमा आएर बुढाले उनलाई हातपात गर्दा लगाएको टिसर्ट पनि च्यातिएको छ । उनले भनिन्, "ममाथि जबरजस्ति करणीको प्रयास भएपछि मुद्धा दर्ताको लागि जिल्ला प्रहरी कार्यालय रुकुम(पूर्व) मा आएको तर प्रहरीले मुद्धा दर्ता गर्न मानेको छैन् ।" 

    जबरजस्ति करणी उद्योगको मुद्धा दर्ता गर्न भन्दै प्रहरी कार्यालयमा पुग्दा जिल्ला प्रहरी प्रमुख डिएसपी प्रकाश डाँगी र मुद्धा फाटका शुशील कसीले साक्षी लिएर आउनु अनि मात्र मुद्धा दर्ता हुन्छ भनेर फर्काएको पिडित महिलाको भनाइ छ । 

    पिडित महिलासँगै उहाँका साथमा आएका ४ जना १६ गते साझ रातारात साक्षी ल्याउन तकसेरा गएको र साक्षि लिएर प्रहरीमा गएर बयान दिदा पनि यस्तो पनि मुद्धा हुन्छ, फर्केर जानु दर्ता हुदैन भनेर प्रहरी निरीक्षक कृष्ण खत्री र मुद्धा फाटका शुशिल केसीले फर्काएको पिडित महिलाले दुखेसो पोखिन् । 

    आफुमाथी दिउँसै जबरजस्ति करणीको प्रयास गर्दा पनि प्रहरीले मुद्धा दर्ता नगरेर पिडकको संरक्षण गरेको भन्दै पीडित महिलाले आफुले न्याय पाउँनुपर्ने बताएकी छन् । 

    आफु पिडित भएर मुद्धा दर्ता गराउन आउदा प्रहरीले पहिलेको अर्को घटनासँगको मुद्धा जोडेर आफ्नो मुद्धा दर्ता नगरेको पिडित महिलाको भनाई छ ।

    तीनै रामप्रसादले १३ गते राती १ बजे तकसेराकै अमरमाला बुढामाथी पनि आक्रमण गरेका थिए । उनले राती घरमा एक्लै साना दुई छोरी र एक छोराको साथमा सुतिरहेको बेलामा बाहिरबाट ढोका हानेर खुकुरीको साथमा भित्र छिरेर हातपात गरेका थिए । खुकुरीले हान्दा टीनको ढोका पनि प्वाल परेको छ । यहि घटनालाई ज्यान मार्ने उद्योगको मुद्धा दर्ता गर्न भनेर प्रहरी कहाँ पुग्दा यसलाई पनि प्रहरीले अभद्र व्यवहार भनेर मुद्धा दर्ता गरिदिएको पिडितको भनाइ छ । 

    पिडित मान्छे समस्या लिएर न्याय माग्न प्रहरीकहाँ जादा प्रहरीले नै मनोमानी रुपमा घटनालाई परिवर्तन गरेर मुद्धा दर्ता गरिदिएको उहाँको भनाई छ ।

    उनी भन्छिन, “रामप्रसादले राती १ बजेको समयमा आएर ढोका हान्दै तेरो परिवारलाई सिध्याउछु, तलाई बलात्कार गर्छु भन्दै कराएको थियो । पछि खुकुरी र लात्तीले हानेर ढोका खोलेर आफुलाई आकलझीकल पारेको र आफु चिच्याएपछि वरपरका मान्छे जम्मा हुँदा उ भागेको गएको हो ।" 

    एउटा महिला जबरजस्ति करणीको मुद्धा दर्ता गर्न आउदा साक्षी खोज्ने पुुलिस पहिलो पटक देखेको त्यहाँका स्थानीय भिमसेन सुनारले बताए । प्रहरीबाटै पिडितमाथी झन पिडा थप्ने र पिडकलाई संरक्षण गर्ने काम भएको भन्दै उनले प्रहरीबाट न्यायको आस मरेको बताए । 

    जिल्ला प्रहरी प्रमुख डिएसपी प्रकाश डाँगीले भने पहिले घटना सहि हो की गलत हो भनेर पहिले अनुसन्धान गरेर मात्र मुद्धा दर्ता गर्ने बताए । उनले भने, "अहिले यी मुद्धा लिएर आएकाहरु पहिलेको स्थानीय चुनावमा भएको एउटा घटनामा मुछिएका व्यक्तिका परिवार भएको कारण रिसिबीले आक्रोसमा आएको मुद्धा हो की भन्ने शंकाको कारण मुद्धा दर्ता नगरिएको हो ।"

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।