कृष्ण अन्जान, गुल्मी । प्रहरी शान्ति सुरक्षाको वाहक त हाे नै सँगसँगै सामजिक उत्तरदायित्वप्रति पनि प्रहरी गम्भीर र जिम्मेवार छ भन्ने उदाहरण इलाका प्रहरी कार्यलय रिडीले प्रस्तुत गरेकाे छ ।
मुख्यरुपमा समाजभित्र देखापरेका सामाजिक अपराध न्युनिकरणमा सामाजिक सचेतना कार्यक्रम इलाका प्रहरी कार्यालय रिडीले शुरु गरेकाे छ ।
"हामीले सचेतनाका कार्यक्रमहरुलाई यतिबेला विद्यालयहरुमा केन्द्रित गरेका छौँ, विद्यार्थी मार्फत सचेतना अभिभावकसम्म पुर्याउने हाम्रो लक्ष्य छ " इलाका प्रहरी कार्यालय रिडीका प्रमुख समेत रहेका प्रहरी निरिक्षक यमलाल बन्जाडेले बताए ।
घटित अपराधकाे सत्यता पत्ता लगाउनुका साथै अपराधमा तथ्यगत अनुसन्धान गर्न सजिलाे हाेस सँगै समाजमा हुने अपराध नलुकाेस, अपराधहरु टाेलछिमेक मै मिलाउने काम निरुत्साहित हाेस र कानुनी दायरामा पुगाेस हामी याे कुरामा केन्द्रित छौँ र यसै अभियानकाे कडिकाे रुपमा सचेतना कार्यक्रम शुरु गरेका छौँ उनले भने ।
अपराधबाट कसरी बँच्ने, उजुरी कहाँ गर्ने, कानुनी उपचार के हाे लगायतका विषयसँगै जवर्जस्ति करणी, मानव बेचविखन र ओसारपसार, लागू ओेेैषध दुर्व्यसन, सवारी दुर्घटना न्युनिकरण, महिला हिँसाका विषयमा सचेतना कार्यक्रम सन्चालन गरिने भएकाे हाे ।
पहिलो चरणमा विद्यालयका कक्षा ९ देखि १२ सम्मका विद्यार्थीका माझमा इलाका प्रहरी कार्यालय रिडीका प्रहरी निरिक्षक यमलाल बण्जाडे आफै पुगेर जवर्जस्ति करणी र यसका कानुनी उपचार सँगै बच्ने उपायबारे सचेतना कक्षा सन्चालन गरेका छन ।
यसै क्रममा रिडी माध्यमिक विद्यालयका ९० जना छात्रछात्राहरुका माझ याे सचेतना कक्षा सन्चालन भईसकेकाे छ ।
समुदाय प्रहरी साझेदारी अवधारणा अनुरुप याे सचेतना कार्यक्रम शुरु गरिएकाे हाे ।
यतिबेला इलाका प्रहरी कार्यालय रिडीले याे अभियान रुरुक्षेत्र गाउँपालिकाभित्रका विद्यालयहरुमा सन्चालन गरिरहेकाेमा निकट भविष्यमै सत्यवति गाउँपालिकामा पनि सन्चालन गरिने प्रहरी निरिक्षक यमलाल बण्जाडेले जानकारी दिए ।
गाउँ घरमा घट्ने सामाजिक अपराधहरु जतिसुकै जघन्य भएपनि गाउँमै मिलाउने, अपराधिले उन्मुक्ति पाउने, सचेतना नहुँदा पिडित अन्यायमा पर्ने र गाउँमा हुने सामाजिक अपराध लुक्ने जस्ता कुरा प्रहरीकाे याे सचेतना अभियानले निरुत्साहित हुने प्रहरीको बुझाई छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology