देवदह। रुपन्देहीको देवदहमा लायन्स क्लब डिस्ट्रीक ३२५ पि जोन १८ द्वारा लायन्स अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । शनिबार देवदह ७ पिपलडाडास्थित ॐ दर्शन होटलको सभाहलमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
लायन्स क्लब अफ देवदह प्रोफेसनल युथद्वारा आयोजित उक्त कार्यक्रममा जोन १८ मा रहेका लायन्स क्लब अफ देवदह, लायन्स क्लब अफ देवदह पाकरी वृक्ष, लायन्स क्लब अफ सुनवल, लायन्स क्लब अफ नवलपरासी रामनगर भुमही, लायन्स क्लब अफ सहिद स्मृति संस्थाका सदस्यहरु सहभागीता रहेको थियो ।
कार्यक्रममा लायन्स क्लब अफ देवदह प्रोफेसनल युथको कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लब डिस्ट्रीक ३२५ पि का प्रथम डिस्ट्रीक गभर्नर अर्जुनमान सैन्जु, डिस्ट्रीक ३२५ पि जोन १८को अध्यक्ष राम बहादुर गुरुङ, लायन्स क्लब डिस्ट्रीक सल्लाहकार विष्णु पौडेल, डिस्ट्रीक सह कोषाध्यक्ष ऋषिराम सापकोटा, गुमान सिंह कुवर, रिजन कोडिनेटर मिना गुरुङ, डिस्ट्रीक प्रोग्राम मेम्बर बिनोद थापा मगर, डिस्ट्रीक प्रोग्राम चियरपर्शन दिपेश मल्ल लगायतद्वारा वेवासाईट लोकार्पण गरिएको थियो ।
सहभागीलाई प्रशिक्षक लायन्स क्लब डिस्ट्रीक ३२५ पि का डिस्ट्रीक सेक्रेटरी एम जे एफ सन्दिप कौसोधनले लायन्समा आबद्ध भएका सदस्यहरुलाई क्लबका उदेश्य, काम गर्न हुने र नहुने काम सम्बन्धी र सदस्यहरुका काम,कर्तब्य, भुमिका तथा अनुशासन , कोष सम्बन्धि प्रशिक्षण दिएका थिए ।
कार्यक्रम लायन्स क्लब डिस्ट्रीक ३२५ पि जोन १८को चियर पर्सन राम बहादुर गुरुङको अध्यक्षता, लायन्स क्लब अफ प्रोफेसनल युथका अध्यक्ष प्रनिल जिसिको स्वागत र लायन्स क्लब अफ प्रोफेसनल युथका सचिव नवीन थापाको सञ्चालनमा भएको थियो ।
कार्यक्रम लायन्स क्लब अफ प्रोफेसनल युथका सदस्य गोपाल पाण्डेको संयोजकत्वमा भएको
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology